६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निको कोभाकले दिए राजीनामा



अ+ अ-

जर्मन क्लब वायर्न म्युनिखका मुख्य प्रशिक्षक निको कोभाकले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् । साविक विजेता समेत रहेको वायर्नले शनिबार राति लज्जास्पद हार व्यहोरेपछि कोभाकले पद छाडेका हुन् । वायर्नका अनुसार कोभाकले क्लबसँगको सहमतिमा पद छाडेका हुन् ।

लिग अन्तर्गत शनिबार फ्रान्कफर्टसँग ५–१ को हार वायर्नले व्यहोरेको थियो । र, वायर्न लिगको चौथो स्थानमा झरेको थियो । वायर्नका पूर्व मिडफिल्डर समेत रहेका कोभाकले १८ महिना अघि क्लब सम्हालेका थिए ।

क्रोएसियण मिडफिल्डर कोभाकले गत सिजन वायर्नलाई बुन्डेस लिगा उपाधि दिलाएका थिए । उनको नेतृत्वमा वायर्नले ६५ खेलमा ४५ जित निकालेको छ ।