१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसंग टोटेनहमको बराबरी



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले निराशाजनक बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा एभर्टनसंग १–१ गोलको बराबरी टोटेनहमले खेलेको हो । खेलको ९७ औ मिनेटमा सेन तोसुनले हेडमार्फत गोल गर्दै टोटनहमलाई अंक बाँड्न बाध्य बनाए । तर एभर्टनका आन्द्रे गोमेज गम्भिर चोट बोक्दै मैदान बाहिरिएपछि खेलको नतिजा छाँयामा पर्यो ।

ह्यारी केनको अनुपस्थितीमा खेलको ६३ औ मिनेटमा डेली अलीले टोटेनहमलाई अग्रता दिलाएका थिए । तर माउरिसियो पोचिटिनोको क्लबले अग्रतालाई जोगाउन असफल रह्यो । सन ह्युङ मिनको खराब ट्याकलका कारण गोमेज खुट्टामा गम्भिर चोट बोक्न बाध्य भएका थिए । ७९ औ मिनेटमा सन ह्युङले रातो कार्ड समेत खादै मैदान बाहिरिए ।

टोटेनहमले बाँकी समय १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । टोटेनहम १३ अंक सहित तालिकाको ११ औ स्थानमा छ । एभर्टन ११ अंक जोड्दै रेलिगेशन जोनभन्दा एक स्थान माथि छ ।