२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसंग टोटेनहमको बराबरी



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले निराशाजनक बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा एभर्टनसंग १–१ गोलको बराबरी टोटेनहमले खेलेको हो । खेलको ९७ औ मिनेटमा सेन तोसुनले हेडमार्फत गोल गर्दै टोटनहमलाई अंक बाँड्न बाध्य बनाए । तर एभर्टनका आन्द्रे गोमेज गम्भिर चोट बोक्दै मैदान बाहिरिएपछि खेलको नतिजा छाँयामा पर्यो ।

ह्यारी केनको अनुपस्थितीमा खेलको ६३ औ मिनेटमा डेली अलीले टोटेनहमलाई अग्रता दिलाएका थिए । तर माउरिसियो पोचिटिनोको क्लबले अग्रतालाई जोगाउन असफल रह्यो । सन ह्युङ मिनको खराब ट्याकलका कारण गोमेज खुट्टामा गम्भिर चोट बोक्न बाध्य भएका थिए । ७९ औ मिनेटमा सन ह्युङले रातो कार्ड समेत खादै मैदान बाहिरिए ।

टोटेनहमले बाँकी समय १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । टोटेनहम १३ अंक सहित तालिकाको ११ औ स्थानमा छ । एभर्टन ११ अंक जोड्दै रेलिगेशन जोनभन्दा एक स्थान माथि छ ।




भर्खरै