५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू
अ+ अ-

काठमाडौँ। सरकारले ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसँग सम्बन्धित सम्झौतालाई स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनईपी) सँग जोडिएको यो सम्झौताले वातावरण संरक्षण र ओजोन तहको दीर्घकालीन सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरणीय जोखिम न्यूनीकरण र अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनलाई ध्यानमा राख्दै उक्त सम्झौता अघि बढाउने निर्णय गरेको हो।

त्यसैगरी, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने निर्णय गरिएको छ। उक्त बढुवासँगै संगठनको नेतृत्व तहमा नयाँ जिम्मेवारी थपिएको छ।

गृह मन्त्रालयकै अर्को प्रस्तावमाथि छलफल गर्दै मन्त्रिपरिषद्ले संवत् २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन अध्ययन गर्न बनाइएको समितिको कार्यावधि थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रका विषयमा विस्तृत अध्ययन गरी सिफारिस तयार गर्न गठन गरिएको उक्त समितिलाई थप ४५ दिनको समय दिइएको छ।

यसैगरी, भूमि व्यवस्थासम्बन्धी अर्को निर्णयमा सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ। निर्णयअनुसार आयोगको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन्। त्यस्तै सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठ नियुक्त भएका छन्।

सरकारका यी निर्णयहरूले प्रशासनिक पुनर्संरचना, अनुसन्धान प्रक्रिया निरन्तरता र भूमि समस्या समाधानतर्फको कामलाई अघि बढाउने अपेक्षा गरिएको छ।