२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबल टोली स्वदेश फर्कंदै



अ+ अ-

काठमाडौं । घरेलु भूमिमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र प्रथम एभिसी एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको तयारीका लागि थाइल्यान्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्कंदै छ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि २० दिन थाइल्यान्डमा रहेको नेपाली टोली आज साँझ स्वदेश फर्कन लागेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । वैदेशिक प्रशिक्षणका लागि नेपाली टोली गत असोज २९ गते थाइल्यान्ड गएको थियो । नेपाली टोलीले त्यहाँ सात अभ्यास खेल खेलेको थियो । नेपालले चार खेलमा जीत तथा तीनमा हार बेहोरेको थियो ।

नेपालले अब बङ्गलादेशमा हुने सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपमा भाग लिनेछ । उक्त प्रतियोगिता कात्तिक २२ देखि २७ गतेसम्म हँुदैछ । त्यसपछि नेपाली टोली १३औँ सागको तयारीमा जुट्नेछ । तेह्रौँ साग आगमी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुदैछ ।