९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भक्तपुरमा दलहरू आन्तरिक रणनीतिमा व्यस्त

भक्तपुरमा दलहरू आन्तरिक रणनीतिमा व्यस्त
अ अ+ अ-

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल निर्वाचनको आन्तरिक रणनीति तय गर्न व्यस्त भएका छन् । दलहरू आ–आफ्नो दलका उम्मेदवार जिताउन आन्तरिक रणनीतिमा लागेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस जिल्ला कार्य समितिले आकाङ्क्षी उम्मेदवारको नाम छनोट गरी केन्द्रमा पठाए पनि दुवै पार्टीका केन्द्रीय कमिटीले भने उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।

डेढ वर्षअघि तात्कालीन नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको हृदयाघातका कारण निधन भएपछि सो क्षेत्र रिक्त हुन गएको थियो । नेकपा जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले आफ्नो पार्टीले निर्वाचन जित्नेमा दुईमत नभएको दाबी गर्दै अहिले जिल्ला कमिटी निर्वाचनको आन्तरिक रणनीतिमा जुटेको जानकारी दिए । उनले शनिबार निर्वाचन परिचालन कमिटीको बैठक बसी विभिन्न निर्वाचनका लागि आवश्यक उपकमिटी निर्माण गरेको र एक साताभित्र सो क्षेत्रका सबै वडामा निर्वाचन परिचालन वडा कमिटी तयार गर्ने जानकारी दिए ।

उनले यसअघिको निर्वाचनमा पनि आफ्नो पार्टीले दुई हजार दुई सय मत अन्तरले निर्वाचन जितेकाले अहिले सोभन्दा बढी मत ल्याएर आफ्नो पार्टीले निर्वाचन जित्ने दाबी गर्दै अहिले पार्टी त्यसैको आन्तरिक तयारीमा जुटेको बताए । नेकपा भक्तपुरमा देबिप्रसाद ढकाल उमेद्वार बनेका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिका सभापति दुर्लभ थापाले यस क्षेत्रमा उपनिर्वाचन हुने निश्चित भएकाले पार्टीले छ महिना अगाडिदेखि निर्वाचन लक्षित कार्यक्रम गर्दै आएको दाबी गरे ।

पार्टीले उम्मेदवारी नटुङ्ग्याएसम्म आफूहरू आन्तरिक रणनीति र भेटघाटमै व्यवस्थ हुने भन्दै उनले उम्मेदवारी दर्ता भएपछि आन्तरिक र बाह्य दुवै रूपमा पार्टी निर्वाचन क्षेत्रमा होमिने स्पष्ट गरे । अध्यक्ष थापाले पार्टी जिल्ला कार्य समितिले १० जना उम्मेदवारको नामावली केन्द्रमा पठाए पनि एक जनाले मात्र टिकट पाउने भन्दै भने, “टिकट नपाउने बाँकी नौ जनालाई नै निर्वाचन परिचालन समितिमा राखी निर्वाचन जित्ने गरी अभियान अगाडि बढाउँछौँ । ”

काँग्रेस जिल्ला कार्य समितिले दस जनाको नाम सिफारिस गरेको छ । जसमा विनोदप्रकाश कायस्थ, माधव अधिकारी, किरण न्यौपाने, कृष्णलाल भडेल, मनोज थापा, सुभद्रा काफ्ले, रुपा थापा, सुरेश श्रेष्ठ, हरि नेपाल र उद्धव खड्का रहनुभएको छ । अन्तिम टुङ्गो लाग्न बाँकी छ ।
नेपाल मजदुर किसान पार्टी जिल्ला कमिटी भक्तपुरका अध्यक्ष न्हुँछेभक्त फोजुले आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने भएकाले अहिले पार्टी निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले पार्टीले मङ्गलबारसम्ममा उम्मेदवारको नाम टुङ्गो लगाउने जानकारी दिँदै अहिले आन्तरिक छलफलमा पार्टी क्रियाशील रहेको जानकारी दिए । भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘क’ अन्तर्गत चाँगुनारायण नगरपालिका पूरै क्षेत्र र भक्तपुर नगरपालिकाको वडा नं. १० को क्षेत्र रहेका छन् ।

२०७४ सालको प्रदेश सभामा निर्वाचनमा साबिक नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछानेले १२ हजार ७८९ मत र नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७, नेपाल मजदुर किसान पार्टीका निरज लबजुले सात हजार १९, तत्कालीन नेकपा (माओवादी केन्द्र) का देवीप्रसाद ढकालले ७८४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्द कार्कीले ४८५ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

मतदाता बढे
भक्तपुर निर्वाचन क्षेत्र नं। १ प्रदेश सभा ‘क’ मा २०७४ सालको प्रदेश सभाको निर्वाचनभन्दा अहिले एक हजार ४८४ मत बढेको छ । यसअघि ४३ हजार ५४१ मत भएको सो क्षेत्रमा अहिले बढेर ४५ हजार २५ मत भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घनचन्द्र तिम्सिनाले जानकारी दिए ।

कार्यालयको स्थापना
भक्तपुर निर्वाचन क्षेत्र नं। १ प्रदेश सभा ‘क’ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइताबर जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमै मुख्य निर्वाचन कार्यालयको स्थापना गरिएको छ । गोरखापत्र दैनिकबाट