१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी छाड्ने वा पलायन हुने आत्मघाती कदम नचाल्न राप्रपाका तीन पूर्वअध्यक्षको आव्हान



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन पूर्व अध्यक्षहरुले पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई विशेष अनुरोध गरेका छन् ।

महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको समूह पार्टीबाट बाहिरिने चर्चा चलेसंगै पूर्व अध्यक्ष पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले सनिबार साँझ एक सयुक्त बिज्ञप्ति जारी गर्दे पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने भन्दै  पार्टी छाड्ने काम नगर्न अनुरोध गर्नुभएको छ ।

यस्तो छ संयुक्त वक्तव्य

​बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापश्चात् देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापना गर्ने उद्देश्यका साथ २०४७ साल जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको हो। मुलुकले भोग्नुपरेको वर्तमान संकटबाट मुक्तिका निम्ति राप्रपालाई अझ सशक्त ढङ्गले संगठित गर्न हामी सदैव प्रतिबद्ध छौँ। पार्टी जीवनमा हारजित तथा आरोह(अवरोह हुनु स्वाभाविक हो। जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहँदै अघि बढ्नु प्रत्येक स्वाभिमानी कार्यकर्ताको धर्म हो।

​गत निर्वाचनमा हामीले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनौँ। तर, पार्टी एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढ्न सक्यौँ भने छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्छौँस हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न सक्छौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य उज्ज्वल छ। तसर्थ, वर्तमान अवस्थाबाट कत्ति पनि विचलित नभई पार्टी संगठन निर्माणमा जुट्न हामी सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछौँ।

​आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेको छ। तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शङ्का नगरौँ। पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने नै छ। तसर्थ, अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ।