९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

यसै वर्षबाट काठमाडौँ-तराई द्रुतमार्गको काम सुरु हुने

यसै वर्षबाट काठमाडौँ-तराई द्रुतमार्गको काम सुरु हुने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ-तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ । साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त दु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र आह्वान भई पुस १६ गते ‘सर्ट लिस्टिङ’ गरिने स्पष्ट पारे । “सबभन्दा पहिले ‘प्रिक्वालिफिकेसन’का लागि बोलपत्र आह्वान गरिनेछ र रुचि देखाएका विदेशी कम्पनीहरूलाई सूचीकृत गरिनेछ,” उनले कार्यविधि स्पष्ट पार्दै भने, “प्रिक्वालिफाइड भएका कम्पनीहरूमध्ये ‘सर्ट लिस्टिङ’मा परेका कम्पनीहरूले माघ भित्र आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गर्नेछन् र यस आर्थिक वर्षको असारसम्म निर्माण कम्पनीसँग सम्झौता गरी काम पनि सुरु गर्नेछन् ।”

त्यसैगरी साधारण पुल निर्माणका लागि यो वर्षको फागुनसम्म स्वदेशी निर्माण कम्पनी चयन भई सम्झौता भई काम सुरु भइसक्ने जानकारी सैनिक प्रवक्ता पाण्डेले दिए । द्रुतमार्गमा परेका कुल ८७ वटा पुलमध्ये अन्तर्राष्ट्रिय कम्पनीले विशेष प्रकृतिका १६ वटा पुल र तीनवटा टनेल निर्माण गर्नेछन् भने बाँकी पुलको निर्माण स्वदेशी कम्पनीले गर्नेछन् । साधारण प्रकृतिका पुलहरू निर्माणका लागि बोलपत्र आह्वान गर्न ‘डकुमेन्ट’ तयारीको काम भइरहेको छ ।

स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्गमा जम्मा ८७ वटा पुल प्रस्ताव गरिएकोमा १६ वटा विशेष प्रकृतिका रहेका छन् । त्यसैगरी तीनवटा टनेल प्रस्ताव गरिएको छ । विशेष प्रकारका पुल र टनेल निर्माणको जिम्मा विदेशी कम्पनीलाई मात्र दिनसक्ने नेपाली सेनाले स्पष्ट पारेको छ ।

परामर्शदाताका लागि बोलपत्र:विशेष प्रकृतिका पुल तथा टनेल निर्माणका लागि अबको चार दिनभित्र परामर्शदाता चयनका लागि बोलपत्र आह्वान हुने छ । गतवर्ष परामर्शदाताका लागि बोलपत्र आह्वान गरिएको थियो । नयाँ ‘डीपीआर’ स्वीकृत भएपछि द्रुतमार्गको डिजाइनमा भएका परिवर्तनका कारण सो बोलपत्र रद्द गरिएको हो । नेपाली सेनाका अनुसार अब चयन हुने परामर्शदाताले अहिलेसम्म भएका कामको अध्ययन गर्नुका साथै अब गरिने कामबारे सुझाव दिनेछ ।

एक अर्ब रुपियाँभन्दा बढीको परियोजनामा सरकारी नियमअनुसार विदेशी परामर्शदाता राख्नुपर्ने हुन्छ । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत गरेको थियोे ।

‘सब ग्रेड फर्मेसन’ सम्पन्न: प्रस्तावित द्रुतमार्गको ७२.५ किलोमिटर कुल लम्बाइ रहेको द्रुतमार्गमा पुल र टनेलको लम्बाइबाहेक जम्मा ५५.५ किलोमिटरमा सडक निर्माण कार्य भइरहेको छ । ५५.५ किलोमिटर सडकमध्ये २५.४४ किलोमिटरमा मुनिपट्टि ग्राभेल हालेर सडकको माथिल्लो सतहसम्म ल्याउने काम (सब ग्रेड फर्मेसन) सम्पन्न भइसकेको जानकारी प्रवक्ता पाण्डेले दिए ।

सो खण्डमा अब कालोपत्र गर्ने काम मात्र बाँकी छ । योचाहिँ टनेल र पुलबाहेक निर्माण गर्नुपर्ने ५५.५ किलोमिटर सडकको ४६ प्रतिशत हुन आउँछ । त्यसैगरी निर्माण गर्नुपर्ने सडकको २७.१३ किलोमिटरमा ‘सब ग्रेड फर्मेसन’को ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारीसमेत उनले दिए ।

रुख कटान लगभग सकियो:द्रुतमार्ग निर्माणका लागि अहिलेसम्म १७ हजार ९४९ रुख काटिसकिएको छ । सुरुमा ३१ हजार ९९३ रुख काट्नका लागि छपान गरिएको भए पनि द्रुतमार्ग निर्माणका लागि काट्नैपर्ने रुखको सङ्ख्या मात्र १८ हजार ७४० रहेको उनले बताए । राजमार्ग र निजगढ क्षेत्रमा नर्सरी खडा गरी काटिएको एउटा रुखको सट्टा २५ वटा रुख रोप्ने नियमानुसार वृक्षरोपण कार्य भइरहेको जानकारी उनले दिए ।

अहिलेसम्म करिब पाँच हजार रुख रोप्ने काम सम्पन्न भइसकेको छ । थप रुख रोप्नका लागि बाराको कोल्हवी नगरपालिका अन्तर्गत विभिन्न जग्गा पहिचान गरी १८८ हेक्टर जग्गाको सर्भे गर्ने काम सम्पन्न भइसकेको छ भने थप रुख रोप्नका लागि जग्गाको खोजी र सर्भे कार्य भइरहेको छ ।

बेलिब्रिज निर्माण:द्रुतमार्गको तेस्रो कामका रूपमा बेलिब्रिज जडान कार्य भइरहेको छ । खोकनाको सिकाली मन्दिरनिर बाग्मती नदीमा बेलिब्रिज निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । सो ठाउँमा द्रुतमार्गको ‘एलाइनमेन्ट’ परिवर्तन भएका कारण बेलिब्रिज निर्माण गर्न लागिएको हो ।

यसअघि निजगढस्थित बकैया नदीमा दुईवटा, बकैया नदीकै अठार बिघास्थित दुईवटा, धेध्रे भन्ने ठाउँमा एउटा, सिस्नेरीमा दुईवटा जडान भई प्रयोगमा आइसकेका छन् । त्यसैगरी खोकनाको सिकालीमा दुईवटा, महादेवटारमा एउटा, बकैया नदीको अठार बिघा भन्ने ठाउँमा थप एउटा बेलिब्रिज निर्माण जडान गरिनेछ ।

जग्गा अधिग्रहण अन्तिम चरणमा:कुल १५ हजार ४६८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा अहिलेसम्म १४ हजार ६६९ रोपनी अधिग्रहण भइसकेको जानकारी प्रवक्ता पाण्डेले दिए । ७९९ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ । नयाँ ‘डीपीआर’मा तीनवटा टनेल प्रस्ताव गरिएकाले थप २२८ रोपनी केही जग्गा अधिग्रहण गर्नुपरेको उनले बताए । पहिलाको ‘डीपीआर’मा मात्र एउटा टनेल प्रस्ताव गरिएको थियो । थप जग्गा अधिग्रहणको काम पनि अन्तिम चरणमा रहेको छ । गोरखापत्र दैनिकबाट