१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु



अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विहान १० बजेदेखि मतदान सुरु भएको हो । सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र  कृष्णाप्रसाद यादवले मतदान गरेपछि मतदान सुरु भएको हो ।

मतदानकै विषयमा हिजो (बुधबार) देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवादले उग्र रुप लिएको थियो ।

कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते समेत भएको बताइएको छ । प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् ।