१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रसहित ९ खेलाडीको फस्ट क्लासमा डेब्यु गर्दै



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जिते संगै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित नेपालका ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् ।

सोमपाल कामी र शरद भेषवाकरले टिममा भएका मध्ये फस्ट क्लास क्रिकेट खेलिसकेका छन् ।नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । सन् २००५ मा नेपालले पछिल्लो पटक युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।फस्ट क्लास क्रिकेटपछि नेपालले टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

नेपाल टिम:
ज्ञानेन्द्र मल्ल

आरिफ शेख

विनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

ललित राजवंशी

पवन सर्राफ

राजु रिजाल

सन्दीप लामिछाने

शरद भेषवाकर

सोमपाल कामी