९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

लिपुलेक माथि कत्रा आखाँ

लिपुलेक माथि कत्रा आखाँ
अ अ+ अ-

राज्यले देशको सिमानालाई वेवास्ता गर्नुले विगतको नेपाल र अहिलेको नेपालमा धेरै फरक पाउन सकिन्छ । सरकारले देशलाई बनाउने जिम्मा लिएको हुन्छ । आफ्नो देशको सिमानाको बारेमा बेलैमा रणनितिक योजना साथ अघि बढ्न नसक्नुले आज सिमा विवाद झन चुलिदै गएको छ । हाम्रो देश नेपाल चारैतिर खुल्ला सिमाना भएको देश हो जहाँ विना अनुमति देशमा आवज जावत गर्न मज्जाले पाईन्छ । अर्को देशमा अपराध गरि नेपालमा गजबले लुक्न पाईने व्यवस्था छ । हामिसँग सिमा क्षेत्रको बारेमा न कुनै दरिलो छेकबार नै छ न सैन्य शक्ति नै बलियो छ । यस्तै कारणले गर्दा प्रत्येक दिन हाम्रो सिमानामा भारतिय र चिनका बाधहरुले हाम्रो सिमाना माथि हक जमाउँदै आएका छन । एउटा नेपालि नेपालको सिमानाको चिन्ता गर्छ,उसलाई नेपालको सिमाना नपुग्दै फर्काईदिईन्छ । सैन्य शक्तिलाई थप मजबुद बनाउनु त काहो काहो उल्टै सिमा अपराधका घटनामा संलघन गराईन्छ ।

सुदुरपश्चिम प्रदेश दार्चला जिल्लाको व्यास गापामा ३७३ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित लिपुलेक झनै विवादित बनेको छ । जुन भारतको उत्तराखण्ड र चिनको तिब्बत क्षेत्रपनि पर्छ । अन्य दुई मुलुक यसको सिमाना जोडिएपनि बढि हिंसा भनेको नेपालमै हुदाहुदै पनि नेपाललाई कुनै जानकारि नदिई भारत र चिनले उक्त सिमामाथि भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदिको चिन भ्रमणको बेला आफ्ना व्यापारिक नाका खोल्ने सम्झौतामा हस्ताक्षर भएर कार्यान्यनको प्रक्रियामा नै अगाडि बढेका छन । जुन अन्तराष्ट्रिय सन्भि सम्झौता विपरित हो यसले गर्दा नेपालिलाई ठुलो समस्या निम्तिदैछन । सिमाङकन विवादको कुरा नेपालको लागि कुनै नया होईन । सिमा क्षेत्रमा अन्य मुलुकको दबदविलाई नेपालले टुलुटुलु हेरिरहने बाहेक कडा रणनितिक योजना साथ अघि बढेको कुनै पनि घटना साचि छैन ।

सिमाङकन र सिमा व्यवस्थापनमा सरकारी निकाय के कमजोर भएकै हो त ? के यसैको उपज चिन र भारतले लिपुलेकका बारेमा एकलौटि सम्झौलाई मान्न सकिन्छ त ? के सिमा क्षेत्रमा हाम्रो सन्यशक्ति कमजोर भएरै हो त ? सबेको एउटै उत्तर हुनसक्छ हो अवश्य हो । सिमाङक विवादलाई टुङग्याउन हिडेको यात्रा नाकामा पुग्दै गर्दा भुलेर फकिन्छ अनि जनतालाई सवाल सोधिन्छ । देश बेच्ने सम्झौता रातारात हुन्छ स्वाभिमानि हामि नेपालि जनता भनेर भनिन्छ । लिपुलेक विवाद चिर्नको लागि गरिएको पहिलेकै सहमतिलाई बुद्धिजिवि महासयका पद समाल्नेहरुले सम्झौता पत्र टिनका बाकसमा भारत र चिनमा बनेको तुलमा मज्जाले बेरेर राखेका छन । नेपालमा सिमाङक विवादको बारेमा सन्धि सम्झौता नभएका होईनन् तर के गर्न हाम्रो कार्यन्वयनका संयन्त्र फितलो भुमरिमा फसेको हुन्छ । हाम्रा अग्रजहरुले पुर्वमा टिस्टा उत्तरमा चिन तिब्बत भनि हामिलाई पढाउनु भो हामिले पढेउ पनि तर एक जमाना थियो जो बेला नेपालको सिमाना यि क्षेत्रमा फैलिएको थियो । कविताका हरफहरुमा बडा गज्जबको लाईन छ “कुन शक्क्तिको सामुमा कहिले हामि झुकेथ्यौ”हामि झुकेका रहेनछौ तर झुक्दै रहेछौ ।

कम्तिमा आफ्नो भुमिलाई त आफ्नो भन्न सकु । आज लिपुलेकमा अण्डा जमाउदैछन भोलि यस्ता थुप्रै ठाउँलाई कब्जा गर्न नसक्लान भन्न सकिदैन । तर नेपाल सिमा क्षेत्रको विवादलाई कहिलै टुङगाउन चाहदैन जसको फल हामिले भोगिरहेका छौ । यदि यो अवस्था रहिरहनेहो भने जसरी हाम्रा पुर्खाहरुले जुन नेपाल देखे त्यो नेपाल आज हाम्रो भुमि होईन,हामिले देखेनौ पनि त्यस्तै भोलिमा सन्ततिले हामिले देखेको यो नेपाल पनि देख्न पाउने संकेत देखिदैन । यदि हामिसँग देश छैन भने हामि भएको के अर्थ राष्ट्रनै नभए केको राष्यिता,नेपाल नै नभए केका नेपालि,शिर गुमाएपछि केको शिरउचालि,पौरख नै गर्न माटो नभए हामि केका पौरखि, धर्म नै नभए केका धार्मिक, नेपाल आमालाई गुमाउने सन्तानलाई केको आमा , स्वाभिममानै गुमेपछि केको स्वाभिमान, त्यसैले जुन समय वित्यो त्यसमा चिन्तित हुन जरुरि छैन बरु चिन्तन गरेर अबका पुस्ताले साहसिक कदम चाल्नुपर्न जिम्मेवारि आएको छ । लाग्न पनि पर्छ, परिवर्तनलाई सम्भव बनाई राष्ट्रको सिमालाई सुरक्षा दिनु सबै नागरिकको कर्तव्य हो यो जानेरै पनि कहिलै भुल गर्नु हुदैन । जय युवा जय मातृभुमि जय नेपाल

लेखक : भीमबहादुर साउँद , नेपाल युवा परिषद केन्द्रीय सदस्य हुनुहुन्छ ।