११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल



अ+ अ-

काठमाडाैँ । सरकारले कम्तिमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ ।

शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले निःशुल्क उपलब्ध गराउने औषधिमध्ये २५ प्रकार औषधि उत्पादन गर्नसक्ने गरी लिमिटेडको क्षमता अधिवृद्धि गरिने बताउनुभएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यलय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिस्तरको विश्वविद्यालयको रुपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने बताउनुभयो ।

उहाँले सार्वजनिक–सार्वजनिक साझेदारी मोडेल (पीपीपी) मोडलमा देशका सात वटै प्रदेशका अस्पतालहरुलाई चरणवद्ध रुपमा शिक्षण अस्पताल तथा विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रको रुपमा रुपान्तरण गरिने बताउनु भयो । उहाँले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टिकृत सेवा विस्तारमा परिचालन गरिने बताउनु भयो ।

उहाँले स्वास्थ बीमा कार्यक्रमलाई पुर्नसंरचना गरिने बताउनु भयो ।