३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमसीसीको उत्कृष्ट व्याटिङ, मल्लसहित नौ खेलाडीले डेब्यू गरे

एमसीसीको उत्कृष्ट व्याटिङ, मल्लसहित नौ खेलाडीले डेब्यू गरे
अ+ अ-

काठमाडौं । नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसी चिया ‘ब्रेक’सम्म उच्च योगफलतर्फ अघि बढेको छ । एमसीसीले ६० ओभरमा ४ विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको छ । एमसीसीका एड योङ १५ र विल भानडरसपार ३७ रनमा खेलिरहेका छन् ।

‘लन्च ब्रेक’ सम्म मात्र ८४ रन जोडेको एमसीसीका लागि रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेलेर मैदान बाहिरिए । मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा टम वेस्ट्लीले ३९ तथा बिली गोडलम्यान १० रन बनाउँदै बाहिरिए । नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई/दुई विकेट लिए ।

नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । यसअघि सन् २००५ को मार्चमा आईसीसीले मान्यता दिएको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्व प्रथम श्रेणीको क्रिकेट खेलेको थियो । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो ।

आजको खेलसँगै कप्तान ज्ञानेन्द्र मल्लसहित नौ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । कप्तान मल्लसहित राजु रिजाल, विनोद भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सरार्फले ‘डेब्यू’ गरेका हुन् । सोमपाल कामी र शरद भेषवाकर ‘प्लेइङ’ ११ मा रहेका छन् । सोमपाल र शरदले भने प्रथम श्रेणीको क्रिकेट यसअघि नै खेलिसकेका छन् ।