२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत



अ+ अ-

काठमाडाैँ । सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

शुक्रवार शीतल निवासमा  एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहति उत्कृष्ट १४ जनालाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुने किसानहरु प्रदेशगत रुपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्मानित कृषकहरूले राज्यबाट प्राप्त सम्मानले कृषि पेशाप्रति थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताएका छन् । कृषक वसन्तराज अवस्थीले राज्यको तर्फबाट प्राप्त यो सम्मान कुनै एक किसानको नभई सम्पूर्ण नेपाली किसानको सम्मान भएको बताउनु भयो ।

उहाँले खेतबारीमा पसिना बगाउने किसानको योगदानलाई सरकारले पहिचान गरेको अनुभुति भएको बताउँदै यस्ता पुरस्कारले कृषि पेशालाई मर्यादित, सम्मानित र आकर्षक पेशाका रूपमा स्थापित गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । अवस्थीले कृषि क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्दै युवा पुस्तालाई कृषि पेशातर्फ आकर्षित गर्न आफू निरन्तर लागिरहेको समेत बताउनु भयो ।

उहाँले सरकारले कृषि नीतिमा केही सुधार गर्दै व्यवसायिक र वैज्ञानिक कृषि नीति अवलम्वन गरे मात्र कृषि पेसाको पुस्तान्तर सम्भव हुने बताउनु भयो ।