१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी

इटालीका ब्रुमर: सफा दैखिन थाले राजधानीका मुख्य सडक

इटालीका ब्रुमर: सफा दैखिन थाले राजधानीका मुख्य सडक
अ अ+ अ-

काठमाडौँ । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ब्रुमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरेको छ । “इटालीबाट ल्याइएका ती ब्रुमरले सुरुसुरुमा राजधानीका सडकबाट दैनिक १८ मेट्रिक टनसम्म धुलो उठाउँथे”, महानगरको वातावरण महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले थपे, “अहिले दिनको मुस्किलले सात टन धुलो उठ्छ । ”

उनका अनुसार अहिले चीनबाट ल्याइएका थप दुई ब्रुमरसमेत गरी सातवटा बु्रमर राजधानीका सडकमा परिचालन गरिएका छन् । “धुलोका कारण सडकमा अब मास्क लगाएर हिँड्नु नपर्ने भएको छ”, उनले थप्दै भने, “सडक सफा र हेर्नलायक बनेको छ । त्यसलाई कायम राख्न सक्रिय छौँ । ” चाबहिलदेखि पूर्वका सडक मर्मतकै क्रममा रहेकाले त्यहाँको धुलो उठाउन नसकिएको उनले बताए । चाबहिल चोकदेखि वारि र चक्रपथ वरपर बु्रमर चलाउने गरिएको छ ।

उनका अनुसार मेलम्ची र ढल निर्माणले बिगारेको सडक र निर्माण सामग्री थुपारिएको सडकको धुलो अझै चुनौती बनेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राजधानीका सडकलाई महानगरपालिकाले पाँचवटा रुटमा विभाजित गरी ब्रुमरबाट सफाइ गरिरहेको छ । ब्रुमरले राति सफाइ गर्दै छ ।

भित्री सडकमा समस्या: राजधानीका मुख्य सडक चिल्लो बनिरहँदा भित्री र सहायक सडकको अवस्था सुधार्न नसकिएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । “जहाँ सडक कालोपत्रे भएका छन् र बु्रमर सजिलै जान सक्छ, त्यहाँ सफा राख्न सक्दो प्रयास गरिरहेका छौँ”, उनले स्पष्ट पारे, “तर भित्री र कच्ची सडकको धुलोको अवस्था उस्तै छ । ” उनका अनुसार पर्यटक बस्ने र रमाउने ठमेल क्षेत्रमा बु्रमर हरेक दिनजसो नै परिचालन गरिएको छ । ठूला सवारी आवागमन रोकेसँगै ब्रुमरको सफाइले ठमेलको चमक बढ्दै गएको उनको दाबी छ ।

“ब्रुमरको सरसफाइ चलिरहँदा निर्माण कार्य गरिरहेका अन्य निकायले भने लापरबाही गरिदिन्छन्”, उनले भने, “यसले गर्दा मुख्य सडकका केही स्थानमा जति सफा गरे पनि धुलो देखिने गरेको छ । ” धरहरा, थापाथलीमा नेपाल राष्ट्र बैङ्क भवनलगायतका निर्माण परियोजनाले आफ्ना निर्माण क्षेत्रमा धुलो घटाउने काम गरिदिए धेरै सहज हुने उाको भनाइ छ ।

प्रदूषण घटाउन चुनौती: राजधानी उपत्यकामा वायु प्रदूषणको चाप घटाउन पनि चुनौती देखिएको छ । देशभरको प्रदूषण मापन, अनुगमन र न्यूनीकरणमा सक्रिय रहेको वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले राजधानीको वायु प्रदूषणको अवस्था सन्तोषजनक नभएको जनाएको छ । ब्रुमरको सफाइले सडक पहिलेभन्दा सफा र धुलोरहित बन्दै गएको छ तर सवारी साधनको धुवाँ, इँटाभट्टाको धुलो, उद्योग कलकारखानाको धुवाँ, खेतबारीको घाँस पराल बाल्दा, फोहोर बाल्दा र निर्माणकार्यले उत्पन्न गरेका धुलोको अवस्था भने यथावत् रहेको विभागले जनाएको छ ।

राजधानीमा हानिकारक धुलोका कण पीएम २.५ को समस्या बढी रहेको वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए । नेपालको मापदण्डअनुसार पीएम २.५ मा धुलोको घनत्व ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि उक्लेमा वायु प्रदूषित भएको मानिन्छ । प्रदूषण मापन गर्न १९ वटा स्टेसन स्थापना गरिएको छ । राजधानीमा मात्र छवटा स्टेसन छन् । रत्नपार्क, भैँसेपाटी, भक्तपुर, शङ्खपार्क, पुल्चोक र धुलिखेलस्थित स्टेसनले राजधानीको वायु प्रदूषणको तथ्याङ्क सङ्कलन गर्छ ।

सन् २०१७ को नोभेम्बरमा पीएम २.५ को मापनअनुसार रत्नपार्क स्टेसनले देखाएअनुसार त्यहाँको हावामा ३०.२२ माइक्रोग्राम प्रतिघनमिटर धुलोको कण थियो । यस वर्ष नोभेम्बरको सुरुआती पाँच दिनको रेकर्ड हेर्ने हो भने पीएम २.५ अन्तर्गतको ५० माइक्रोग्राम प्रतिघनमिटर प्रदूषणको घनत्व छ । गत २४ घण्टाको अवस्था हेर्दा ४९.१३१ माइक्रोग्राम प्रतिघनमिटरमा वायु प्रदूषित भइरहेको छ ।

यो भनेको मानव स्वास्थ्यका लागि हानिकारक अवस्था रहेको वातावरण निरीक्षक लामिछानेले जानकारी दिए। विभागले वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना कार्यक्रमअन्तर्गत सूचना, सञ्चार तथा परिसंवादलाई तीव्रता दिएको वातावरण निरीक्षक राजेश्वर पौडेलले बताए । गोरखापत्र दैनिकबाट