१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोट खेल: आज नेपाल र म्यानमार भिड्दै



अ+ अ-

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज (बिहिबार) म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियमा नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । नेपालले बलियो टिम म्यानमारसँग पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा २० स्थान माथिको म्यानमारसँग नेपालले यस अघि एक पटक प्रतिस्पर्धा गरिसकेको छ । तर, मैत्रीपूर्णमा भने यो पहिलो भेट हो ।

सन् २००८ मा भएको एएफसी च्यालेन्ज कपमा नेपालले म्यानमारको सामना गरेको थियो । भारतको हैदराबादमा भएको खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । तर, मैत्रीपूर्णमा घरेलु टिमलाई पराजित गर्दै नेपाल च्यालेन्ज कपको हारको बदला लिने योजनामा छ ।

युवा खेलाडीको साथ पाएको नेपाल फिफा वरियतामा आफूभन्दा बलियो म्यानमारलाई उसैको मैदानमा हराउने दाउमा रहनेछ । म्यानमारविरुद्धको मैत्रीपूर्णमा नेपालका नियमित दुई सदस्य भने हुने छैन । कप्तान किरण कुमार लिम्बु भारतीय आईलिग मिनेर्वा पञ्जावको प्रिसिजनमा ब्यस्त रहँदा रोहित चन्द इन्डोनेशियाको आई लिगमा ब्यस्त छन् । तर, उनीहरुको अनुपस्थितिमा मिक्छेन तामाङ र सुभाष गुरुङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । यस्तै म्यानमार समूह एफ मा रहेको छ । यता, छनोटको सबै अवे खेल खेलिसकेको नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ । नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

यस अघि दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्यो । यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले एसियाली पावर हाउस पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।