६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

नेपालमा सवारी साधनको संख्या ६२ लाख नाघ्यो, दुईपांग्रेको दर्ता उल्लेख्य वृद्धि

नेपालमा सवारी साधनको संख्या ६२ लाख नाघ्यो, दुईपांग्रेको दर्ता उल्लेख्य वृद्धि
अ+ अ-

काठमाडौं । सरकारले संघीय संसद्मा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा सवारी साधनको संख्या उल्लेख्य रूपमा बढिरहेको देखाएको छ। विशेषगरी दुईपांग्रे सवारीसाधनको दर्ता तीव्र रूपमा वृद्धि भएको तथ्यांकले देखाएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार तथा मोटरसाइकलसहित कुल २ लाख ८१ हजार ९ सय २१ सवारी साधन दर्ता भएका छन्।

यससँगै देशभर दर्ता भएका कुल सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ। दर्ता भएका सवारी साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको तथ्यांकले देखाएको छ।

सवारी साधनको संख्या निरन्तर बढ्दै जाँदा यातायात व्यवस्थापन, सडक पूर्वाधार विस्तार तथा ट्राफिक प्रणाली सुधारको आवश्यकता अझै बढेको देखिन्छ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म देशभर ४३ हजार ७ सय ५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरिएको छ। हालसम्म वितरण भएका स्मार्ट लाइसेन्सको कुल संख्या ४१ लाख १४ हजार १ सय ८१ पुगेको छ।

यातायात व्यवस्था विभागका अनुसार सोही अवधिमा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको भए पनि केवल ५ हजार १ सय ८६ थान मात्र जडान गरिएको छ। हालसम्म कुल ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भए पनि ८८ हजार ३ सय ४० थान मात्र जडान भएका छन्।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई थप सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ।