१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

जहाज ‘डिले’, सधैं यात्रु हैरान

जहाज ‘डिले’, सधैं यात्रु हैरान
अ अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन्। यस्तै आन्तरिकतर्फ चालु ३५ वटा विमानस्थलमध्ये १० वटामा नियमित उडान हुन्छ। १० वटा वायुसेवा कम्पनीले आन्तरिक उडान अनुमति पाएका छन्। दैनिक अन्तर्राष्ट्रिय उडान ९० वटासम्म हुन्छ भने आन्तरिक उडान औसतमा तीन सयवटासम्म पुग्छ। यति व्यस्त विमानस्थलमा थोरै समस्या उत्पन्न हुनेबित्तिकै उडान डिले हुन्छ। त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन्।

भदौ २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगन्जबाट काठमाडौं आउने क्रममा जहाज ढिला उड्यो। ढिलाइ उनकै कारण भएको थियो। उनलाई यात्रुले गालीगलौज गरेको र मन्त्रीमाथि परेको दबाबका कारण सम्बन्धित वायुसेवाले २४ मिनेट ढिलो भएको जानकारी दियो। असोज २७ गते राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले उडान ढिलो भएको आक्रोशमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेक इन काउन्टर तोडफोड गरे। उनी काठमाडौं आउन लागेका थिए।

कैलालीका शरद ओझा असोज १६ गते नेपालगन्जबाट यती एयरलाइन्सको जहाजमार्फत काठमाडौं आउँदा ६ घण्टा ढिलो भयो। दुई बजेको टिकट लिएका ओझाले बेलुकी ८ बजे जहाजमा उड्न पाए। चैत १९ गते वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान चार मिनेट ढिलो हुँदा उडान रद्द भयो। कर्मचारीले समयमै तयारी नगरेको र यात्रुलाई रातभर जहाजमै राखेको विषयमा सरकारी समितिले छानबिन गरी घटनामा संग्लन कर्मचारीलाई कारबाही सिफारिस गर्यो।

कहिले धावनमार्ग मर्मत, कहिले प्राविधिक कारण त कहिले उडान व्यवस्थापन मिलाउने बहानामा दैनिक उडान ढिलो हुने गरेका छन्। पछिल्लो समय आन्तरिक वायुसेवाका उडान तोकिएभन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ। बिहान आधा घण्टा मात्रै ढिलो भयो भने त्यसको असर दिनैभर पर्छ। भीभीआईपीको उडान, मौसम गडबड, विमानस्थलमा एउटैमात्र धावनमार्ग हुँदा उडान व्यवस्थापन मिलाउन एयर ट्राफिक कार्यालयलाई कठिन हुन्छ।

उडान बढी हुँदा होल्ड गरिरहनुपर्ने र पार्किङस्थल कम हुँदा पर्खनुपर्ने कारण पनि उडान ढिलो हुने त्रिभुवन विमानस्थल कार्यालयको भनाइ छ। ‘दसैंपछिका शनिबार र आइतबार चिनियाँ राष्ट्रपतिको उडान व्यवस्थापन मिलाउन विमानस्थल कार्यालयलाई हम्मेहम्मे परेको थियो। जसका कारण तीन दिन २४ सै घण्टा विमानस्थल खुला गर्नुपर्यो’, विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने। उनका अनुसार उडान व्यवस्थापन मिलाउन बाध्य भएर १८ घण्टाको उडानलाई २४ घण्टासम्म पुर्याइएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१२ मा नेपालमा सात आन्तरिक वायुसेवा कम्पनीका ३१ हजार उडान भएकामा १७ हजार उडान रद्द भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। त्यसबाट नकारात्मक सन्देश गएपछि अर्को वर्षदेखि प्रतिवेदनमा उडान रद्द उल्लेख नगरिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए। प्राधिकरणका उडान अनुमति शाखाका अनुसार वायुसेवाले उडान अनुमति केन्द्रीय कार्यालयबाट वर्षको दुईपटक ६/६ महिनाका लागि लिने गरेका छन्।

तर, उडान रद्दको जानकारी भने विमानस्थललाई मात्रै गराउँछन्। प्राधिकरणसमक्ष सो तथ्यांक आउँदैन। प्राधिकरणका अनुसार विगत दुई महिनामा मासिक औसत एक हजार उडान रद्द भएका छन्। यस्तो उडान ‘अफ सिजन’ को उडान तथ्यांक हो। वायुसेवा उडानको सिजन तथा मौसमले साथ नदिने समयमा संख्या बढ्ने अनुमान प्राधिकरणका अधिकारीले गरे। सन् २०१८ मा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक लाख ३० हजार उडान भएका छन्।

गत वर्ष ९५ हजार पाँच सय आन्तरिक र ३३ हजार नौ सय वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको थियो। सन् २०१९ मा यो संख्या १० प्रतिशत बढ्ने अनुमान छ। विमानस्थल कार्यालयका अनुसार हाल दैनिक ८० देखि ९० वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि एउटै धावनमार्गका कारण प्रायः सबै उडानमा पालो कुर्नुपर्ने हुन्छ। एउटा जहाज उड्न ढिलो भयो भने त्यसको असर अर्को वायुसेवाको उडानमा पर्ने विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा नौ वटा र आन्तरिक उडानमा १७ वटा मात्रै पार्किङ छ। अन्तर्राष्ट्रियमा एक सय र आन्तरिकमा तीन सय वटा उडान व्यवस्थापन मिलाउनुपर्छ। अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै वायुसेवाका लागि सिजन हो। बिहानको समयमा मान्उटेन फ्लाइट र लुक्ला उडान उडान जुध्छ। एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले उडान व्यवस्थापन मिलाउन एक घण्टा लगाउनु सामान्य भइसकेको छ। उडान तालिका धेरै हुने तर व्यवस्थापन मिलाउने क्षमता नभएकाले जहाज उड्न ढिलो हुने गरेको छ।

दिउँसो मात्रै उडान हुने विमानस्थललाई प्राथमिकता दिनुपर्ने हुँदा पनि उडान समय ढिलो हुने तिवारी बताउँछन्। वायुसेवा सञ्चालक संघका सदस्य एवम् सिम्रिक एयरका बजार निर्देशक प्रज्ज्वल थापाका अनुसार अक्टोबर र नोभेम्बरमा उडान तालिका अन्य मौसमको तुलनामा ५० प्रतिशतसम्म बढ्छ। यही बेला अन्तर्राष्ट्रिय उडान पनि बढ्ने भएकाले आधा घण्टादेखि एक घण्टासम्म जहाज ग्राउन्डमै होल्ड गनुपर्ने उनको भनाइ छ। अन्नपुर्णपोष्ट दैनिक