१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

डा. केसी पुन: अनशनमा, सरकारले वार्ताको चासो नै दिएन

डा. केसी पुन: अनशनमा, सरकारले वार्ताको चासो नै दिएन
अ अ+ अ-

काठमाडौं । मेडिकल कलेजहरूले विद्यार्थीसँग असुलेको बढी रकम फिर्तालगायत माग राख्दै १७औँ अनशन थालेका डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने चासो नै देखाएको छैन ।अनशनको चौथो दिन बिहीबार डा. केसीको स्वास्थ्य भने झन् बिग्रिँदै गएको छ । डा. केसीको स्वास्थ्य अस्थिर देखिएको उपचारमा संलग्न चिकित्सक डा. जितेन्द्र कँडेलले बताए । रक्तचाप तलमाथि भइरहेको र बुधबारदेखि पिसाबमा बढेको एसिटोनको मात्रा नियन्त्रणमा नआएको उनले बताए ।

चिसोका कारण स्वास्थ्य समस्या बढेको उनले बताए । डडेल्धुरा सदरमुकामको एक घरमा अनशन बसिरहेका केसीलाई जिल्ला अस्पताल सार्नुपर्ने सुझाब चिकित्सकहरूको छ । यसैबीच, केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै बिहीबार डडेल्धुरामा दबाब र्याली निकालिएको छ । सहभागीले डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक व्यवस्था गर्नुपर्ने, जिल्लामा मेडिकल कलेज सञ्चालनको निर्णय गर्नुपर्नेलगायत माग गरेका छन् । केसीको जीवन रक्षासँगै उनका सम्पूर्ण माग पूरा गर्न पनि दबाब दिएका छन् ।

शुल्क फिर्ताका लागि विद्यार्थीले मेडिकल कलेजमै आन्दोलन गर्ने, काठमाडौंबाट फर्किए: मेडिकल कलेज असुलेको बढी शुल्क फिर्ता नगरेपछि आन्दोलनका लागि काठमाडौं आएका चिकित्सा शिक्षाका विद्यार्थीले पुनः आ–आफ्ना कलेजमै आन्दोलन गर्ने भएका छन् । मंगलबार र बुधबार माइतीघरमा आन्दोलन गरेका उनीहरूले बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन कार्यालयमा धर्ना दिएपछि सम्बन्धित कलेजमै फर्किने निर्णय गरेका हुन् ।

चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा विद्यार्थीले चार घन्टा धर्ना दिएका थिए । विद्यार्थीले डिन डा.जगदीश अग्रवाललाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराए । कलेजले असुलेको शुल्क फिर्ताको पहल गरिदिन आग्रह गरे । तर, डिन अग्रवालले त्यो काम आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जवाफ दिएपछि विद्यार्थीले डिनबाट राजीनामा दिन चेतावनी दिएका छन् । नयाँ पत्रिका दैनिक