१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

चुनावी रणनीति बनाउँदै कांग्रेस

चुनावी रणनीति बनाउँदै कांग्रेस
अ अ+ अ-

काठमाडौं । उपनिर्वाचन हुने सबै क्षेत्रमा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने भएको छ। अघिल्लो पटक निर्वाचित स्थानहरू सुरक्षित गर्दै थप क्षेत्रमा परिणाम आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको छ। ‘हामीले उपनिर्वाचन हुने सबै स्थानमा चुनावी समीक्षा गरिरहेका छौं। हामीले यसअघि जितेका ठाउँहरूमा विजयी दोहोर्याउँदै बाँकी स्थानमा पनि जित हासिल गर्ने गरी रणनीति बनाउँछौं’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘चुनावी गतिविधिलाई व्यापक बनाउन केन्द्रबाट नेताहरू पठाउँछौं।’

रिक्त ५२ पदमध्ये कांग्रेसले १४ स्थानमा विजयी हासिल गरेको थियो। एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र १२ वडाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रबाट पठाउने नेताहरूको नाम शनिबारसम्ममा टुंगो लगाइने बताए। ‘उपनिर्वाचन हुने स्थानमा पार्टीका पक्षमा चुनावी माहोल बनाउन, साथीहरूबीच समन्वय गर्न केन्द्रबाटै कमान्डरहरू पठाउँदै छौं’, उनले भने, ‘एक/दुई दिनमा नाम टुंगो लाग्छ।’

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईसँग कडा प्रतिस्पर्धा हुने कांग्रेसको आन्तरिक समीक्षा छ। कांग्रेसले भक्तपुरलाई पार्टीको सुरक्षित स्थानका रूपमा लिएको छ। दाङ र बागलुङमा विजयीका लागि बलियो रणनीति बनाउनुपर्ने निचोडमा कांग्रेस पुगेको जनाइएको छ। स्थानीय तहअन्तर्गत कांग्रेसले संगठन कमजोर भएको स्थानमा मतसंख्या बढ्ने दाबी गरेको छ। उसले देशव्यापी रुपमा दुई चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ।

वडासम्म सञ्चालित अभियानले पार्टीका पक्षमा जनमत बढाएको दाबी कांग्रेसको छ। ‘यो बीचमा हामीले दुईवटा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेका छौं। त्यसले पनि तल्लो तहसम्म पार्टीको प्रचार भएको छ’, मुख्यसचिव पौडेलले भने, ‘लोकतन्त्रप्रति नेपाली जनताको आस्था र सरकारका कार्यशैलीका कारण कांग्रेसका पक्षमा जनमत छ। विगतभन्दा चुनावी परिणाम अझै राम्रो हुने कांग्रेसको विश्वास छ।’

कांग्रेसले बिहीबार उम्मेदवारी मनोनयनमा पनि केन्द्रबाट नेताहरू पठाएको थियो। पोखरामा उपसभापति विमलेन्द्र निधि, भक्तपुरमा प्रवक्ता शर्मा, बागलुङमा केन्द्रीय सदस्य रत्न शेरचन र आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल खटिएका थिए। दाङमा महामन्त्री डा. शशांक कोइराला जाने कार्यक्रम तय भएको थियो। तर, ढिलो गरी टिकट वितरण हुँदा उनी दाङ जान सकेनन्।कांग्रेसमा अन्तर्घात समस्याका रूपमा रहँदै आएको छ।

गुटगत आधारमा टिकट वितरणका कारण पार्टीमै असहयोग हुँदा कांग्रेसले धेरै ठाउँमा पराजित हुने गरेको टिप्पणी हुँदै आएको छ। एक प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले गुट व्यवस्थापन गरी उम्मेदवार चयन गरेको थियो। कास्की र भक्तपुरमा संस्थापन, दाङमा वरिष्ठ नेता रामचन्द्र पौडेल र बागलुङमा नेता कृष्णप्रसाद सिटौला पक्षलाई उम्मेदवार बनाएको जनाइएको छ। अन्नपुर्णपोष्ट दैनिक