१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

दुई महिनापछि बुधनगर–कटहरी रेलमार्ग विस्तार

दुई महिनापछि बुधनगर–कटहरी रेलमार्ग विस्तार
अ अ+ अ-

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर १८ बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो । रेलमार्ग विस्तारको दोस्रो खण्डअन्तर्गत बुधनगर लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए ।

बुधनगरमा निर्माणको अन्तिम चरणमा रहेको आईसीपीसम्म रेलमार्ग निर्माण करिब अन्तिम चरणमा पुगेपछि सात महिना अगाडिदेखि रोकिएको थियो । एक महिनाभित्रै आठ किलोमिटर दूरीका लागि बोलपत्र खोल्ने प्रक्रिया अगाडि बढिसकेकोले निर्माणले पुनः निरन्तरता पाउने कुमारको दाबी छ । नेपालतर्फ रेलमार्ग निर्माणका लागि जग्गा प्राप्त भई नसकेको र भारतले समेत बजेट रोकेका कारण काम स्थगित गरिएको भारतीय पक्षको दावी छ ।

भारत सरकारले रेलमार्ग विस्तारका लागि ७३ करोड रुपियाँ निकासा गरिसकेकोले बोलपत्र आह्वान गरिने भएको हो । दस किलोमिटर विस्तारका लागि एक अर्ब भारतीय रुपियाँ माग गरिएकोमध्ये ७३ करोड रुपियाँ मात्रै निकासा भएपछि तत्काल आठ किलोमिटरका लागि बोलपत्र खोलिने भएको छ । बाँकी रहेको दुई किलोमिटर दूरीमा जग्गाको मुआब्जा वितरणको कामसमेत सकिएको छैन । रेलमार्ग निर्माणको काम लामो समयदेखि रोकिएपछि साझेदारी कम्पनी र कामदारले समेत रकम नपाएको गुनासो गर्दै आएका थिए ।

कामदार, कर्मचारी तथा साझेदार कम्पनीको २७ करोड भारतीय रुपियाँ भुक्तानी बाँकी रहेको रकमसमेत काम सुरु भएसँगै भुक्तानी गरिने बताइएको छ । रेलमार्ग विस्तारका लागि नेपालका बागमती कन्स्ट्रक्सन, सनराइज कम्पनी, पीपी मण्डल कन्स्ट्रक्सन, पीएमडी इन्फ्रा प्रोजेक्ट, महालक्ष्मी कन्स्ट्रक्सन, शिवशक्ति कन्स्ट्रक्सनले काम गर्दै आएका छन् । परियोजनाको कुल लागत तीन अर्ब भारतीय रुपियाँ रहेको छ । नेपालतर्फको भू–भागमा निर्माण भएको रेलमार्ग वर्षात्मा पानीले भत्काएपछि भारतले न्यून गुणस्तरको भन्दै बजेट निकासा रोकेको थियो ।

त्यसको अध्ययन गर्न केन्द्रीय सरकारले गत असोजमा टोली खटाएको थियो । उक्त सरकारी टोलीले प्रतिवेदन बुझाएपछि निर्माणको काम अगाडि बढाउन बजेट निकासा भएको हो ।
नेपालतर्फ मोरङको कटहरी गाउँपालिका ५ का जग्गाधनीले मुआब्जा कम भएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दा टुङ्गिएको छ । सर्वोच्च अदालतले जग्गाधनीले माग गरेबमोजिम मुआब्जा दिनुपर्ने फैसला गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय मोरङले माग दाबी गरिएअनुसारको मुआब्जा बुझ्न जग्गाधनीलाई पत्राचार गरिसकेको छ ।

रेलमार्गको १८.६ किलोमिटर दूरीमध्ये ७.६ किलोमिटर दूरीको बुधनगरसम्मको काम गत वर्ष माघसम्म भएको थियो । काम सकिएकोमध्ये २.६ किलोमिटर दूरी मात्रै नेपाली भू–भागमा पर्दछ । निर्माण हुन बाँकी रहेको १०.४ किलोमिटर दूरीभित्र कटहरीमा स्टेसन यार्ड र गोदामसहितका संरचनासमेत बनाउनुपर्नेछ । यो दूरीमा ट्र्याक खोलिसकिएको छ । सरकारले रेलमार्ग निर्माणका लागि ५६५ जग्गाधनीबाट ११९ बिघा जमिन अधिग्रहण गरेको थियो । गोरखापत्र दैनिक