१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपालले घरेलु टिम इरानको सामना गर्दै



अ+ अ-

काठमाडौं । एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत आज (शुक्रबार) नेपालले घरेलु टिम इरानको सामना गर्दैछ । छनोट पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानको सामना गर्न लागेको हो । खेल पीएएस रंगशालामा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको नेपाल इरानविरुद्ध अंक खोस्ने दाउमा हुनेछ । बलियो टोली इरान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

रेजिन सुब्बाको कप्तानीमा रहेको नेपाल यस अघि युनाईटेड अरब ईमिरेटसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा इरानले किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । शुक्रबार नै हुने पहिलो खेलमा युएई र किर्गीस्तान भिड्नेछन् ।

समूह डी मा इरान र युएईको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा युएई पहिलो स्थानमा रहेको हो । यस्तै नेपाल र किर्गीस्तान भने अंक विहीन रहदै तेस्रो र चौथो स्थानमा छन् ।