३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा महानायक हमाल जोडी (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्स थानकोटबाट सात किलोमिटर टाढा छ । काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम दिशामा रहेको चन्द्रागिरि हिल्स समुद्री सतहबाट दुई हजार ५५१ मिटरको उचाइमा अवस्थित छ । यहाँबाट काठमाडौँ उपत्यका र अन्नपूर्णदेखि सगरमाथासम्मका हिमालय पर्वतमालाको मनोरम दृश्य देख्न सकिन्छ ।

काठमाडौँ उपत्यका विजय गर्नुअघि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले गोरखाबाट काठमाडौँ आउँदा सबैभन्दा पहिला यही चन्द्रागिरि हिल्समा आएर काठमाडौँ उपत्यकालाई हेरेका थिए भनिन्छ । डाँडाबाट काठमाडौँ उपत्यका अति नै सुन्दर देखेपछि उनले काठमाडौँ उपत्यकालाई जिती छाड्ने बाचा गरेका थिए भन्ने इतिहासमा उल्लेख छ । 

चन्द्रागिरिमा विसं २०७३ मा केवलकार सञ्चालनमा आएपछि हाल यहाँ होटल, रिसोर्ट लगायतका संरचना निर्माण गरिएका छन् । चन्द्रागिरि हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केबलकार, रिसोर्ट लगायत विविध एकीकृत पर्यटकीय संरचनाहरुका कारण पछिल्लो समय चन्द्रागिरि हिल्समा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढ्न थालेको छ । 

काठमाडौं उपत्यकाको अति व्यस्त तथा तनावपूर्ण जीवनलाई केही समय भए पनि शान्तिपूर्ण र तनावरहीत बनाउन चन्द्रागिरि हिल्स उपयुक्त स्थान हो । सो ठाउँमा मुलुकका राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, नेताहरु, साधुसन्त तथा विभिन्न कलाकार पुगेपछि यसको ख्याति अझ फैलिएको छ । 

गत असोज महिनामा राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुनका लागि परिवारसहित चन्द्रागिरि रिसोर्टमा गएर बस्नुभएको थियो । त्यस्तै करिब साढे तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चन्द्रागिरि पुगेर ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कविता लेख्नुभएको थियो । कहिल्यै पूरा नहुने सपना देखाएर जनतालाई झुक्याएको भनी आलोचना भएपछि ओलीले कवितामार्फत सपनाकै कुरा गर्नुभएको थियो । 

पछिल्लोपटक नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपाल सहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा गएर बसेका थिए । त्यस्तै योगगुरु बाबा रामदेव तथा पतञ्जलि योगपीठका आचार्य बालकृष्णले पनि चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका थिए । उनीहरुले पनि एक रात चन्द्रागिरि रिसोर्टमा बिताएका थिए । साथै त्यहाँ रहेको धार्मिक, ऐतिहासिक रपुरातात्विक महत्वका चन्द्रागिरिको निरीक्षण गरेका थिए भने त्यहाँ राखिएको जिप लाइनमा सयर गरेका थिए । हालै नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल सपत्नी चन्द्रागिरि रिसोर्टमा गएर बसेका थिए । 

चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्चित भएकाले नै गत वर्ष भारतको राजधानी नयाँ दिल्लीमा आयोजित १४औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्डबाट एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्सले नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य अवार्ड प्राप्त गर्न सफल भएको थियो ।