२९ भाद्र २०८३, सोमबार
,
Latest
संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्व परिवर्तनको हल्ला निराधार: उपमहासचिव भट्ट



अ+ अ-

काठमाडौँ।  नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

शनिवार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले यस्तो बताउनुभएको हो ।

बैठकमा भएका छलफलका विषयमा जानकारी दिँदै उपमहासचिव भट्टले बाहिर आएका नेतृत्व परिवर्तन र राजीनामाका कुराहरूलाई ‘अतिरञ्जित’ संज्ञा दिनुभयो ।

शनिवारको बैठकमा महासचिव, तीनजना उपमहासचिव र पाँचजना सचिवहरूले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवहरूका बारेमा धारणा राखेका थिए ।

बाँकी रहेका चारजना सचिवहरूले आईतवार बिहान साढे ११ बजे बस्ने बैठकमा आफ्नो प्रश्तुति दिने कार्यक्रम छ । उपमहासचिव भट्टकाअनुसार बैठकका लागि ११ वटा कार्यसूची (एजेण्डा) प्रश्तावित छन् ।

जसमा कार्यविभाजन, विभिन्न कार्यदल गठन र समसामयिक राजनीतिक प्रस्तावहरू समेटिएका छन्। आईतवार सचिवहरूको भनाइ सकिएपछि अध्यक्ष ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै निर्देशनात्मक मन्तव्य राख्नुहुनेछ ।

पार्टीको आन्तरिक अनुशासन र पद्धतिको चर्चा गर्दै भट्टले बैठकमा आफ्ना कुराहरू स्पष्ट र खुल्ला रूपमा राख्ने वातावरण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्र नेतृत्वको कमी–कमजोरीका विषयमा समीक्षा हुनु स्वाभाविक हो, तर अहिले नेतृत्व परिवर्तनको कुरा कसैले उठाएको छैन । अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमाण्डमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष छ ।

पार्टीभित्रका कमी–कमजोरीलाई सच्याएर एकमना एकताका साथ अगाडि बढ्नुपर्छ । देशको वर्तमान संकटविरुद्ध पार्टी एकतावद्ध हुनुपर्ने र तल्लो तहका कार्यकर्तामा देखिएको उदासीनतालाई ऊर्जामा बदल्नुपर्नेमा सबै नेताहरूको एकरुपता रहेको छ ।’

अध्यक्ष ओलीले बैठकमा सबै नेताहरूलाई आफ्ना धारणा स्पष्टसँग राख्न प्रोत्साहित गर्नुभएको र बैठक सकारात्मक दिशामा अघि बढिरहेको भट्टले जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल