२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानको विकल्प दिन एन्फाले गर्यो अस्विकार



अ+ अ-

काठमाडौं । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेलका लागि प्रस्ताव गरेको भुटानको विकल्प दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले अस्विकार गरेको छ । दशरथ रंगशाला खेल्न योग्न नभएपछि एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता आयोजनाको विकल्प दिन एन्फा समक्ष आग्रह गरेको थियो । दशरथ रंगशालाको विकल्पको रुपमा भुटानको थिम्पुमा खेल गर्ने एन्फाले प्रस्ताव गरेको थियो ।

तर कुवेत फुटबल महासंघले भिषा, होटल र फ्लड लाईटको समस्या देखाउँदै एएफसीमार्फत भुटानको समेत विकल्प दिन नेपाललाई पत्र पठाएको थियो । तर एन्फाले भुटानको विकल्प दिन अस्विकार गरेको छ । कुवेतका लागि आवश्यक पर्ने भिषा, होटलको सहज सुविधा उपलब्ध गराउने प्रतिबद्वता जनाउँदै विकल्पमा सोच्न नसकिने जवाफ आईतबार एएफसीमा एन्फाले पठाएको हो।

‘उनीहरुले अन्तराष्ट्रिय उडानको सहजता अनि भिषाको समस्या देखाएका थिए ।’ एन्फा महासचिव ईन्द्रमान तुलाधरले , ‘हामीले भुटानसंग मिलेर भिषा, होटल लगायतको सबै प्रबन्ध गर्ने जवाफ पठाएका छौ ।’ एन्फालाई कुवेतलाई आवश्यक पर्ने भिषा र होटलको व्यवस्था मिलाउन भुटान फुटबल संघले सघाउने भएको छ ।

भुटानको समेत प्रतिबद्वता सहित नेपालले विश्वकप छनोटको कुवेतविरुद्वको खेल भुटानमै सञ्चालन गर्ने अडान दोहर्याएको हो । कुवेतले विविध कारण देखाउँदै नेपालविरुद्वको दोस्रो लेगको खेल समेत आफ्नै मैदानमा आयोजना गर्न चाहेको छ । सोही अनुसार उसले अन्तराष्ट्रिय लबिङ समेत गर्दै आएको छ ।

कुवेतमा भएको पहिलो लेगको खेलमा नेपालले ७–० को हार ब्यहोरेको थियो । कुवेतविरुद्वको दोस्रो लेगको खेल नेपालले घरेलु मैदानमा आयोजना गर्ने मौका थियो । तर दशरथ रंगशाला तयार नहुँदा एएफसीले नेपालमा खेल आयोजना हुन नसक्ने बताएको थियो ।




भर्खरै