२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्याबालोले दिलाए युभेन्ट्सलाई जित



अ+ अ-

अन्तिम समयमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले सिरि ‘ए’ फुटबलमा एसी मिलानलाई हराएको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा एसी मिलानलाई युभेन्ट्सले १–० ले हराएको हो । युभेन्ट्सको जितमा ड्याबालाले ७७ औ मिनेटमा विजयी गोल गरेका हुन् ।

क्रिस्टियानो रोनाल्डोलाई स्थानान्तरण गर्दै ड्याबाला मैदानमा उत्रिएका थिए । खेलको ५५ औ मिनेटमा प्रशिक्षक माउरिजियो सर्रीले रोनाल्डोलाई परिवर्तन गरेका थिए । जितसंगै युभेन्ट्सले ईन्टर मिलानलाई पछाडी पादै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

रोनाल्डो लगातार दुई खेलमा स्थानान्तरण भएका हुन् । उनी अघिल्लो खेलमा समेत पुरा समय मैदान खेल्न पाएका थिएनन् । युभेन्ट्स सिरि ‘ए’ फुटबलमा अपराजित छ । उसले दोस्रो स्थानको ईन्टरसंग एक अंकको अग्रता लिएको छ । मिलान क्लब १४ औ स्थानमा रहेको छ ।




भर्खरै