२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभिसी सेन्ट्रल जोन: आज नेपाल कीर्गिस्तानसँग भिडदै



अ+ अ-

काठमाडौं । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (सोमबार) बलियो टिम कीर्गिस्तानसँग खेल्दैछ । ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा जित निकाली सकेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्वन्दीको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार १२ः४५ मा सुरु हुनेछ ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले कीर्गिस्तानलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३० को सोझो सेटमा पराजित गरेको थियो । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न निकै मेहेनत गर्नु पर्नेछ । किर्गीस्तान पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा किर्गीस्तान माल्दिभ्ससँग पराजित भएको थियो ।

किर्गीस्तानपछि नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।




भर्खरै