१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभिसी सेन्ट्रल जोन: आज नेपाल कीर्गिस्तानसँग भिडदै



अ+ अ-

काठमाडौं । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (सोमबार) बलियो टिम कीर्गिस्तानसँग खेल्दैछ । ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा जित निकाली सकेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्वन्दीको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार १२ः४५ मा सुरु हुनेछ ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले कीर्गिस्तानलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३० को सोझो सेटमा पराजित गरेको थियो । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न निकै मेहेनत गर्नु पर्नेछ । किर्गीस्तान पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा किर्गीस्तान माल्दिभ्ससँग पराजित भएको थियो ।

किर्गीस्तानपछि नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।