१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार दोस्रो जित, फाइनल पुग्ने सम्भावना



अ+ अ-

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ ।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३-० सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट २५-१९ अङ्कले तथा तेस्रो सेट २५-२० अङ्कले जितेको हो ।

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० सेटले पराजित गरेको हो । जीतसँगै नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालले मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।