२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब व्यवहारका कारण स्टर्लिङले युरो छनोटको खेल गुमाउने



अ+ अ-

ईङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल गुमाउने भएका छन् । ईङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्व खेल्दैछ । तर ईङल्याण्डको फुटबल संघले लिभरपुलका जोए गोमजसंग स्टर्लिङले गरेको व्यवहारलाई लिएर उनलाई टिम बाहिर राख्ने निर्णय लिएको हो । २४ बर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा ईङ्ल्याण्डका डिफेन्डर जोए गोमेजसंग विवाद गरेका थिए ।

सो खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो । ईङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने, ‘दुर्भाग्य रुपमा हिजोको खेलको भावना अझै बाँकी छन् । ‘हामीले सम्पुर्ण टिमको सहमतीमा यो निर्णय लिएका हौ । अब हामीले खेलाडीलाई सहयोग गर्नपर्छ । बिहिबारको खेलमा केन्द्रित हुनपर्छ ।’ उनले थपे ।

ईङ्ल्याण्डको सिनियर फुटलब टिमले बिहिबार एक हजारौ अन्तराष्ट्रिय खेल खेल्दैछ । बिहिबार हुने खेलमा जित हासिल गरेमा ईङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ । युरो छनोट अन्तर्गत समूह एमा ईङ्ल्याण्ड शीर्ष स्थानमा छ । उसले दोस्रा स्थानको चेक रिपब्लिकसंग तीन अंकको अग्रता लिएको छ ।

ईङ्ल्याण्डलाई एक अंक समेत छनोटका लागि पर्याप्त हुनेछ, यदी चेक रिपब्लिक र कोसोभोबीचको खेल बराबरी सकिएको खण्डमा । ईङ्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ ।




भर्खरै