२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई हराउदै फाईनल नजिक पुग्ने लक्ष्यमा नेपाल



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (मंगलबार) नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । खेल ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ । पहिलो खेलमा नेपालले अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । अब भने नेपाल बंगलादेशलाई हराउँदै फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।

नेपालको मुख्य चुनौतीको रुपमा माल्दिभ्स रहेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा भोली (बुधबार) माल्दिभ्ससंग खेल्नेछ । प्रतियोगिताको उपाधि जित्न खासै ठुलो चुनौती नभएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताएका छन् । उनले प्रतियोगितामा सहभागी सबै टिमलाई हराउन सक्ने क्षमता नेपाली खेलाडीमा रहेको दाबी गरेका छन् ।

सोही कारण बंगलादेशविरुद्वको खेल राष्ट्रिय महिला भलिबल टिमलाई सहज हुने अपेक्षा गरिएको छ । राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । बंगलादेश भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।




भर्खरै