• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

गायिका लता मंगेशकरको स्वास्थ्य नाजुक बन्दै अस्पतालमा भर्ना, उनीबारे केहि रोचक तथ्यहरु…



काठमाडौं । प्रशिद्ध पाश्र्व गायिका लता मंगेशकर अहिले शिथिल भएकी छिन । उनी केहि समय यता बिरामी परेकी छिन् । भारतमा भारतरत्न भनेर पुकारिने लताको स्वास्थ्य स्थिती नाजुक बनेको भारतीय समाचार संस्थाले समेत उल्लेख गरिसकेको छ । सोमबार स्वास्थ्यमा समस्या भएपछि उनलाई मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यकर्मीले जनाए अनुसार उनलाई निमोनियाको समस्या देखिएको छ । उनीवारे विभिन्न रोचक जानकारी तल प्रस्तुत गरिएको छ ।

  • कागजमा केही लेख्नु अघि उनी ‘श्रीकृष्ण’ लेख्छिन् ।
  • स्टेजमा गीत गाउदा पहिलो पटक उनले २५ रुपैया पाएकी थिइन् । उनको पहिलो कमाई त्यहि थियो । अभिनेत्रीको रूपमा उनले पहलो पटक तीनसय रुपैया पाएकी थिइन् ।
  • लता को फोटोग्राफीमा निकै शोख छ ।
  • विदेशमा उनले बनाएका छायाँचित्रको प्रदर्शनी समेत गरिएको छ ।
  • उनलाई क्रिकेट खेल मन पर्छ । भारतमा कुनै ठूलो म्याच हुँदा काम छाडेर म्याच हेर्न सहभागी हुन्छिन् ।
  • लता मंगेशकरका लागि गायन पूजा समान हो । उनी रेकडिङको समय खाली खुट्टा गाउछिन् ।
  • कुंदनलाल सहगल नूरजहाँ उनका मन पर्ने गायक/गायिका हुन् । शास्त्रीय गायक/गायिकामा लतालाई पंडित रविशंकर, जसराज, भीमसेन, गुलाम अली खान र अली अकबर खान मन पर्छ ।१
  • भारतीय इतिहास र संस्कृतिमा उनी कृष्ण, मीरा, विवेकानंद र अरबिंदोंलाई मन पराउछिन् ।
  • पड़ोसन, गान विद द विंड र टाइटेनिक लतालाई मन परेका फिल्म हुन् ।
  • लताले पहिलो फिल्मी गीत मराठी फिल्म ‘किती हंसाल’ मा गाएकी थिईन् । तर, उनले गाएको गीत पछि फिल्ममा राखिएन ।
  • लताले पहिलोपटक पाश्र्व गायन नायिका मुनव्वर सुल्तानाका लागि गाएकी थिइन् ।
  • लता ने अंग्रेजी, असमिया, बांग्ला, ब्रजभाषा, डोगरी, भोजपुरी, कोंकणी, कन्नड़, मगधी, मैथिली, मणिपुरी, मलयालम, हिंदी, सिंधी, तमिल, तेलुगू, उर्दू, मराठी, नेपाली, उडिया, पंजाबी, संस्कृत, सिंहलीलगायतका भाषामा गीत गाएकी छिन् ।
  • लता मराठी भाषी हुन्, उनी हिन्दी, बांग्ला, तमिल, संस्कृत, गुजराती र पंजाबी भाषामा कुरा गर्छिन् ।
  • अभिनेत्री समेत रहेकी लताले हिन्दी, मराठी फिल्ममा काम गरेकी छिन् । हिन्दीमा वे बड़ी माँ, जीवन यात्रा, सुभद्रा, छत्रपति शिवाजी जस्ता फिल्ममा काम गरेकी छिन् ।
  • आजा रे परदेसी (मधुमति), कहीं दीप जले कहीं दिल , तुम्हीं मेरे मंदिर (खानदान) र आप मुझे अच्छे लगने लगे (जीने की राह के लिए) फिल्मफेयर पुरस्कार जीतेपछि लताले पुरस्कार लिन छाडिन् । उनी चाहन्थिन् नयाँ गायिकाले अवार्ड पाउन् ।
  • परिचय, कोरा कागज, और लेकिनका लागि उनले राष्ट्रीय पुरस्कार पाएकी छिन् ।
  • सन १९५१ मा उनले सबै भन्दा धेरै २२५ वटा गीत गाएकी थिइन् ।
  • पुरुष गायकमा मोहम्द रफीसंग लताले सर्वाधिक ४४० युगल गीत गाएकी छिन् । जबकि किशोरसंग ३२७ गीत गाएकी छिन् । महिला युगलमा उनले आशा भोंसलेसंग धेरै गीत गाएकी छिन् ।
  • लक्ष्मीकांत प्यारेलाल को ६८६, शंकर जयकिशन को ४५३, आरडी बर्मन को ३४३ र कल्याणजी/आनंदजीका ३०३ गीतमा उनले स्वर दिएकी छिन् ।
  • गीतकारमा आनंद बक्षी द्वारा लेखिएका ७०० बढी गीतमा लताले स्वर दिएकी छिन् ।