१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

विद्यार्थी पढाउँदै नगर प्रमुख

विद्यार्थी पढाउँदै नगर प्रमुख
अ अ+ अ-

सुर्खेत । भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुट्नुभएका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आउनुभएको छ । विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्नुहुन्न, विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गदै आउनुभएको छ ।

नगर प्रमुख घर्तीले आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाइ उपलब्धिसमेत जाँच गर्न आफैले पढाउने गरेको बताउनुभयो । विज्ञान र गणितमा राम्रो ज्ञान भएका र अन्तर्राष्टियस्तरको खेलकूदमा छवि बनाएका उहाँले मावि तहको कक्षा फुर्सद हुने वित्तिकै पढाउने गरेको बताउनुभयो ।

शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै घर्तीले भन्नुभयो, “निरन्तर खबरदारी, अनुगमण र शिक्षण सिकाइ क्रियाकलाप कस्तो छ भनि अध्ययन गर्नु पनि मुख्य कुरा हो ।” उहाँले प्रशिक्षण अनुसारको सुधार भएको छ कि छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताउनुभयो । शिक्षालाई प्राविधिसँग जोडेर परिणाममुखी बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले विद्यालयको समस्या विद्यार्थीको मुखबाट सुन्ने हो, कहाँ के समस्या छ भन्ने कुरा, अनि पो सुधार गर्न सजिलो हुन्छ, को शिक्षक कति दिन विद्यालय आउनुभयो, को आउनुभएन र कति पढाइ भयो किताब नहेरी कहाँ थाहा हुन्छ ।” कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षक पनि आफ्नो शिक्षणकार्य सुधार गर्नुपर्ने भन्दै सक्रिय भएका विद्यार्थीले बताएका छन् । आजभोलि विद्यालयमा शिक्षकले निरन्तर पढाउनुका साथै विद्यार्थीसँग छलफलसमेत बढी नै गर्दैआएका सरस्वतीमावि काफलचौरका विद्यार्थी रोशन पुनले बताउनुभयो ।