८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोकतन्त्र निरन्तर सुदृढ हुने व्यवस्था हो’



अ+ अ-

विराटनगर । प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले लोकतन्त्र निरन्तर प्रक्रिया भएकाले यो सुधार र सुदृढ हुँदै जाने बताउनुभएको छ । फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘खुला संसद् : अवधारणा र अभ्यास’ छलफल कार्यक्रमलाई उहाँले सम्बोधन गर्दै संसद्लाई निष्क्रिय हुन नदिन सबैको सक्रिता आवश्यक रहेको बताउनुभयो ।

उहाँले संसद्मा निर्माण हुने कानूनको विषयगत समितिमा लगेर दफावार छलफलमा विशेषज्ञसमेतको राय र सुझावबाट पारित भइरहेका कानूनले प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभा जनताका प्रतिनिधि भेला हुने थलो भएकाले यसको प्रभावकारिता बढाउन नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरलले हरेक सरकार खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । फोरमका संस्थापक एवं कार्यकारी प्रमुख तारानाथ दाहालले प्रदेश सभाका हरेक गतिविधिको अभिलेख राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । फोरमकै कृष्ण सापकोटाले खुला सरकारका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार गणेश लम्साल, मोहम्मद सदरुल, विवेक गौतम, लीला वल्भव घिमिरे, कानून व्यवसायी विकास थापाले पनि प्रदेश सभाका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।