१६ आश्विन २०८१, बुधबार
,
Latest
संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा आधा दर्जन पुल बन्दै



अ+ अ-

मकवानपुर । मकवानपुरको क्षेत्र नं– २ अन्तर्गत पर्ने विभिन्न स्थानमा रु एक अर्बको लागतमा छ वटा पुल बन्ने भएका छन् । पुल अभावका कारण आवतजवावत तथा उत्पादित वस्तुको ओसारपासारलगायतमा समस्या झेल्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका छन् ।

कृषि उपजको पकेटक्षेत्र मानिने स्थानमा नै पुल नहुँदा व्यावसायिक कारोवारमा समस्या भोग्दै आएका क्षेत्र नं २ मा चालु आर्थिक वर्षमा करीब रु एक अर्बको लागतमा आधादर्जन पक्की पुल बन्ने भएका हुन् । सङ्घीय सरकारको चालु आर्थिक वर्षको बजेटमार्फत पुल निर्माण गर्न लागिएका बताइएको छ । सो निर्वाचन क्षेत्रका सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको जनाइएको छ ।

लामो समयदेखि पुल अभावको समस्या झेल्दै आएका स्थानीय बासिन्दाको सुविधाका लागि सरकारले बजेट छुट्याएर पुल निर्माण गर्न प्रक्रिया अगाडि बढाएको हो । सङ्घीय सरकारको लगानीमा मनहरी गाउँपालिकाको सानान्टार– हाँडीखोला जोड्ने पक्की पुल रु १७ करोड लागतमा निर्माण गर्न लागिएको बताइएको छ ।

सांसद खतिवडाका अनुसार राक्सीराङ गाउँपालिकाको सरिखेत–चुलिगङ्खोला, मकवानपुरगढी गाउँपालिकाको डुम्रेकुना–गढी, थाहा नगरको घर्तीखोला–थाहानगर तसार खोला, भीमफेदी गाउँपालिकाको इपा कोगटे गाउँमा पनि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । केही पुलको बोलपत्र आह्वान प्रक्रिया पनि अगाडि बढाइएको छ । पुल निर्माण हुने निर्णयले स्थानीयवासी खुशी भएका छन् । पुल अभावका कारण स्थानीय नागरिकले निकै समस्या भोग्नुपरेको मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।