७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षतिग्रस्त पाटन दरबार क्षेत्रका मन्दिरको पुनर्निर्माण सम्पन्न



अ+ अ-

काठमाडौं । वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त पाटन दरबार क्षेत्रका हरिशंकर र चारनारायण मन्दिरको पुनर्निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ।

मंगलबार गजुर ठडिएसँगै काठमाडौंस्थित जर्मन राजदूतावासले यी दुई मन्दिरको पुनर्निर्माणको सिलसिलामा गजुर पुनर्स्थापनाका लागि आफूले आर्थिक सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै मंगलबार प्रेश विज्ञप्ति जारी गरेको छ।

साँस्कृतिक संरक्षण कार्यक्रमअन्तर्गत जर्मनीको विदेश मन्त्रालयले मन्दिरको गजुर स्थापनाका लागि काठमाडौं उपत्यका संरक्षण कोषलाई ३२ लाख ९५ हजार ७५० रूपैयाँ हस्तान्तरण गरेको थियो। मन्दिरको उद्घाटन समारोह भने संरक्षण कोषको आयोजनामा यसअघि नै गत अक्टोबर ३ तारिखमा सम्पन्न भएको थियो।

मंगलबार जर्मन दूतावासद्वारा जारी विज्ञप्तिमा साँस्कृतिक संरक्षण कार्यक्रममार्फत् जर्मन सरकारले विभिन्न समयमा काठमाडौं उपत्यकाको साँस्कृतिक सम्पदाको पुनर्निर्माणमा सहयोग पुर्यानउँदै आइरहेको उल्लेख छ। सन् २०१२ देखि २०१६ को अवधिमा जर्मन सरकारले पाटन दरबारको मूल चोक र सुन्दरी चोकका स्वर्णद्वार पुनर्निर्माणमा ३ करोड ३७ लाख ४९ हजार ३ सय ७५ रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो। साँस्कृतिक सम्पदा पुनर्निर्माण र संरक्षण कार्यमा सहयोग पुर्यापउन पाएकोमा दूतावासले गौरव महसूस गरेको समेत जनाएको छ।