१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

सीमा समस्या समाधानको लागि कुटनीतिक पहल गरिनुपर्छ : गौतम

सीमा समस्या समाधानको लागि कुटनीतिक पहल गरिनुपर्छ : गौतम
अ अ+ अ-

काठमाडौं । नेपाल रिपब्लिक पार्टीले नेपालले आफ्नो भूमी रक्षाको लागि भारत र चीन दुवैसँग गम्भिर भएर तत्काल कुटनीतिक कदम चाल्नुपर्ने माग गरेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपाल सरकारले कुटनीतिक रुपमा सीमा विवादको समाधान गर्नुपर्ने बताएको हो । पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतमले नेपालको सुदूर पश्चिमी भूभाग कालापानी–लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित भारतको नक्शामा समावेश भएकोबारे आफ्नो पार्टीको गम्भिर ध्यानाकार्षण भएको बताए ।

उनले आफ्नो पार्टीले उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्धिपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शिघ्रातिशीघ्र समाधान होस भन्ने जोडदार माग गरेको सुनाए । प्रेसिडेन्ट गौतमको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘पञ्चशीलमा विश्वास गर्ने नेपाल कुनै पनि देशको भूमी अखण्डित रुपमा कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्दछ र हाम्रो पार्टी पनि सो मान्यतामा अडिग छ । कुनैपनि क्षेत्रको सीमा विवादले नेपाल–भारतबीच शदियौंदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपरोस र त्यस्तो विवादले विशेषगरि नेपाली जनमानसमा मित्रदेश भारतप्रति नकारात्मक भावना विकसित हुन नपुगोस् भन्नेमा दुवै मुलुकका सरकारहरु संवेदनशील हुनुपर्छ । र, यो समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्न अग्रसर हुनुपर्छ ।’
गौतमले भारतीय नक्शामा दशकौंदेखि कालापानी र लिपुलेक समावेश रहँदै आएको र पछिल्लो पटक प्रकाशित भारतीय नक्शामा नेपालसँगको सीमा त्यसभन्दा फरक नभएको वस्तुतथ्य थाहा नपाएजस्तो गरी उक्त मामिलालाई अनावश्यक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवृत्तिलाई आफ्नो पार्टीले सतर्कतापूर्वक अवलोकन गरिरहेको बताए । उनले भने,‘यसबारेमा यति लामो समयसम्म मौन धारण गर्नु र अहिलेमात्र यो मामिला उछाल्नुले यसको पछाडि रहस्यमय कारण रहेको हाम्रो पार्टीको आकलन छ ।’

उनले शान्त र गम्भिर कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सीमा क्षेत्रको मामिला सत्तारुढ दल नेकपा र उसका समर्थक पक्षहरुद्वारा सडकमा उछालिनु कूटनीतिक अपरिपक्वतामात्र नभएर पोखरीको पानी धमिल्याई माछा मार्ने निहित स्वार्थी अभिप्रायको खेल भएको पनि आरोप लगाए । उनले भने,‘राष्ट्रहितमा गम्भिर असर पार्ने यस्तो खेल बन्द गर्न नेपाल रिपब्लिक पार्टी सत्तारुढ दल नेकपा र उसका समर्थकलाई चेतावनी दिन चाहन्छ ।’

त्यस्तै, उनले उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीनले पनि नेपाली भूमी ११ ठाउँमा सीमा मिचेको र आधा दर्जन सीमास्तम्भ उखेलिएको आधाधिकारिक तथ्यांक सार्वजनिक भएको सुनाए । विज्ञप्तीमा थप भनिएको छ,‘सरकारी अभिलेखमा रहेको उक्त तथ्यांकले कम्युनिष्ट चीनको मिचाहा प्रवृत्ति मात्र उजागर गरेको छैन, यसबारे नेपालको कम्युनिष्ट पार्टीको सरकारले चुईंक्कसम्म नबोलेको घट्नाले उसले चीनको बलमिचाई र प्रभुत्व सहर्ष स्वीकार्ने तथ्यपनि उजागर गरेको छ ।’
प्रेसिडेन्ट गौतमले चीनले आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिसकेको आरोप लगाए । उनले भनेका छन्,‘आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिकेको चीनले कालापानीको भूभागमा भारतसँग सम्झौता गरेर त्यसको जानाकारीसम्म नेपाललाई नदिएको घट्नाले उसको मित्रताको मखुण्डो फुस्केर असली अनुहार उदांग भइसकेको हाम्रो पार्टीको ठहर छ । यसबारे नेपाल सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यानाकार्षण गर्दै तत्काल आवश्यक कदम चाल्न नेपाल रिपब्लिक पार्टी जोडदार आग्रह गर्दछ । अन्यथा चीनले मिचेको नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने नेपाल रिपब्लिक पार्टीको निश्कर्ष छ । र, समस्त राष्ट्रप्रेमी पक्ष र जनतालाई हामी यसका निम्ति तयार रहन हार्दिक अपिल गर्दछौं ।’