१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

काठमाडौं ढाकाबीच सम्पर्क सञ्जाल अपरिहार्य: राष्ट्रपति हमिद

काठमाडौं ढाकाबीच सम्पर्क सञ्जाल अपरिहार्य: राष्ट्रपति हमिद
अ अ+ अ-

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सार्क क्षेत्रको विकासका लागि काठमाडौं र ढाकाबीच सम्पर्क सञ्जाल (सडक, रेल, हवाई, जल) अपरिहार्य रहेको बताएका छन्।सार्क र बिम्स्टेक मुख्यालय रहेका यी दुई राजधानीबीच सडक, हवाई, रेल र जलमार्गमा सहकार्य भएमा समृद्धिको उचाइमा पुग्न सकिने उनको भनाइ छ। यसका लागि दुवै मुलुकले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने धारणा राष्ट्रपति हमिदले नेपाली उच्चस्तरीय नेताहरूसँग व्यक्त गरेका हुन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौं र बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिम्स्टेक) सचिवालय ढाकामा छ। हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेटवार्ता गरेका छन्।

नेताहरूको भेटमा उनले सार्क र बिमस्टेक फरक उद्देश्यका लागि स्थापना भएका भिन्नभिन्न संगठन भए पनि विकास र समृद्धिका लागि सहकार्य गर्ने साझा मञ्च रहेको बताएका थिए। ‘दुई संगठनको सहकार्य र त्यसभित्रका उपक्षेत्रीय सहकार्यले हामी साझा विकास अघि बढाउन सक्छौं,’ राष्ट्रपति हमिदलाई उद्धृत गर्दै भेटवार्तामा सहभागी एक नेताले भने। नेपालको ऊर्जा क्षेत्र र पर्यटन समृद्धिको आधार भएकाले यसमा सहकार्य गर्नुपर्ने हमिदले बताए।

नेपाल र बंगलादेशको बीचमा करिब ४० किलोमिटर भूभाग भारत छ। त्यसैले सडक, रेल, हवाई तथा जलमार्गबाट जोडिन भारतीय साथ र सहयोग मुख्य रहनेछ। त्यसका लागि भारतसँग छलफल गर्न दुवै देशका नेता सहमत भएका छन्। नेपालमा जलमार्गको विकास गर्न कोसी र गण्डकीलाई भारतको गंगा नदीमार्फत बंगलादेशका जमुना र पद्मा नदीसँग जोड्न सकिने धारणा दुवै देशका अधिकारीहरूको थियो।

सिंहाबाद–रोहनपुर रेलमार्ग तथा सइदपुर–विराटनगर–भद्रपुर हवाई सञ्जाल बनाउने विषयमा पनि छलफल भएको छ। बंगलादेश र नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकाले दुवै मुलुकले संयुक्त प्याकेजमा काम गर्ने विषयमा परामर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सबै भेटमा उनले दुई मुलुकबीचको पारस्परिक सम्बन्ध र सहकार्यमा जोड दिएका थिए। प्रधानमन्त्री ओलीसँगको भेटमा उनले नेपालमा ऊर्जा क्षेत्रमा बंगलादेशले सहकार्य गर्न खोजेको बताएका थिए। दुवै मुलुकले भारतसँग छलफल गरेर छुट्टै प्रसारण लाइनको व्यवस्थाका लागि पहल गर्ने सहमति भएको छ।

भेटवार्तामा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थिए। राष्ट्रपति हमिदसँग प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। सभापति देउवासँग दुईपक्षीय व्यापार, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत् आयोजना निर्माण र लगानीका विषयमा छलफल भएको कांग्रेस नेता डा. नारायण खड्काले बताए। गरिबको मुलुक भनेर चिनिने बंगलादेशका तर्फबाट नेपालमा लगानी गर्ने विषयमा पनि छलफल गरेको थियो।

बंगलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालको सहयोग रहेकोमा राष्ट्रपति हमिदले खुसी व्यक्त गरे। देउवासँगको भेटमा उनले क्रान्तिमा योगदान पुर्याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी दिएका थिए। हमिदले नेकपाका अध्यक्ष दाहालको राजनीतिक व्यक्तित्वको प्रशंसा गरेका छिन्। नेपालको राजनीति परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो।

नेपाल र बंगलादेश विकास तथा राजनीतिक स्थिरतामा अगाडि बढिरहेको भन्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझा रूपमा अघि बढ्नुपर्ने बताएका थिए। राष्ट्रपति हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पनि भेटेका छन्। सबै छलफलमा सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका विषयमा छलफल भएका थिए।

फूलबारी नाका र बन्द भएको बस सेवा सञ्चालनका विषयमा पनि छलफल भएको थियो।बंगलादेश स्वतन्त्रतादेखि नै सक्रिय राजनीतिमा रहेका हमिद राष्ट्रपति हुनुअघि सभामुख थिए। आलंकारिक राष्ट्रपतिको जिम्मेवारीमा रहे पनि उनी सम्मानित राजनीतिज्ञ हुनाले उनको धारणा त्यहाँ स्विकार्य हुन्छ। बंगलादेशलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने नेपाल सातौं राष्ट्र हो ।

राष्ट्रपति भण्डारीद्वारा रात्रिभोज आयोजना:राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न बंगलादेशका राष्ट्रपति हमिद शीतल निवास पुगेका थिए। उनको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रिभोज दिएकी थिइन्।

हमिद राष्ट्रपति भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा ५२ सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार काठमाडौं आएका हुन्। उनी बुधबार दिनभर राजनीतिक भेटघाटमा व्यस्त बने। राष्ट्रपति हमिद बिहीबार पोखरा जाने कार्यक्रम छ।

भेट फलदायी्रः प्रधानमन्त्री ओली: प्रधानमन्त्री ओलीले बंगलादेशका राष्ट्रपति हमिदसँगको भेट फलदायी भएको बतएका छन्। ‘बंगलादेशका राष्ट्रपति हमिदसँगको भेट फलदायी भयो। नेपाल सरकार, नेपाली जनता, आफ्नो तर्फबाट राष्ट्रपति हमिद, उनकी पत्नी र प्रतिनिधिहरूलाई हार्दिक स्वागत गर्दछु। उहाँहरूको नेपाल बसाइ सुखद बनोस्,’ प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट