१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसएलको ड्राफ्टमा परे सन्दीप लामिछाने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपाली युवा लेग स्पिनर सन्दीप प्लाटिनम श्रेणीको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी सन्दीप हुन् ।सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी अटाएका छन् ।

प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको पीएसएलले सार्वजनिक गरेको ड्राफ्टमा छ । ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ । एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् । जसमा ३ जना प्लाटिनम श्रेणीको खेलाडी किन्न पाउने छन् ।

लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले पीएसएलमा प्रतिस्पर्धा गर्ने छन् । सन्दीपले लाहोर क्वालन्डर्सबाट गत सिजन खेलेका थिए । सन्दीप अहिले टी-१० लिगका लागि युएईमा रहेका छन् । सन्दीप गत महिना इंग्ल्यान्ड र वेल्समा हुने द हन्ड्रेड’ लिगका लागि अनुबन्धित भएका थिए ।