१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व स्ट्राइकर भियाले सन्यास लिँदै



अ+ अ-

स्पेनिस लिजेण्ड डेभिड भियाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । स्पेनिस स्ट्राइकर भियाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । बार्सिलोनाका पूर्व स्ट्राइकर भिया जे लिगमा भिसेल कोबेबाट फुटबल खेल्दै आएका छन् ।

जापानको जे लिगमा व्यवसायिक फुटबल खेलिरहेका भियाले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका हुन् । जे लिग अर्को महिना सकिने छ ।

विश्वकप र युरोकप विजेता ३७ वर्षे भिया स्पेनका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् । स्पेनले सन् २०१० को विश्वकप र २००८ को युरोकप जित्दा भिल्ला मुख्य खेलाडी थिए । यस्तै भियाले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए ।