७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ जना विरुद्द राजस्व छली गरेको अभियोगमा मुद्दा दायर



अ+ अ-

मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी राजस्व छली गरेको अभियोगमा पाँच वटा फर्म र ५ जना व्यक्ति विरुद्ध राजस्व अनुसन्धान विभागद्वारा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुमाथी रु ९ करोड ३९ लाख ३३ हजार १ सय दश को विगो र विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

हाल काठमाण्डौ महानगरपालिका ३२ वस्ने स्थायी घर काभ्रेपलाञ्चोक भएका एस‍.पी. इन्टरप्राइजेज/हिमाल कन्सट्रक्सनका प्रोपाईटर शिव प्रसाद गौतम विरुद्ध रु ३ करोड ८१ लाख २९ हजार ६ सय दश र पाँचखालका वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राईटर शिवराम न्यौपानेलाई १ करोड ५९ लाख ९४ हजार ५ सय सत्र रुपैँयाको विगो कायम गरि मुद्दा दायर गरिएको छ ।

यसैगरी मण्डनदेउपुर नगरपालिकाका न्यू हिमालयन ईन्टरप्राईजेजका प्रोपाईटर लक्ष्मण चौलागाईलाई रु ६९ लाख ३९ हजार ६ सय नब्बे, काभ्रेपलान्चोकका न्यू युनिभर्सल इन्टरप्राइजेजका प्रोपाईटर सदर्शन चौलागाईलाई रु ३० लाख ३२ हजार १ सय छब्बीस् र रामेछापका आर्जन हार्डवेयर सप्लायर्स प्रा.लि. को संञ्चालक देव बहादुर खत्रीलाई रु २ करोड ९८ लाख ३७ हजार १ सय चौबिस रुपैँयाको विगो कायम गरि उनीहरु विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको हो ।