१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

पक्की घर पाएकोमा मुसहर परिवारमा खुशी

पक्की घर पाएकोमा मुसहर परिवारमा खुशी
अ अ+ अ-

नवलपरासी । कावासोती नगरपालिकाअन्तर्गत रहेका विपन्न माझी, मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रम र कावासोती नगरपालिकाको नगरभित्र खरको छानोमुक्त घर बनाउने योजनाअनुसार यहाँका विपन्न माझी, मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

कावासोती नगरपालिकाअन्तर्गत यहाँका चार वडाका २७ घरपरिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेसँगै घर पाउने विपन्न परिवार खुशी भएका छन् । कावासोती नगरपालिकाभित्र रहेका वडामध्ये वडा नं ७ मा १० घर, ११ मा चार घर, १२ मा तीन घर, १३ मा १० घर निर्माण गरिएको छ ।

“वर्षामा पानी चुहिएर घरभित्र बस्ने ठाउँ नै हुँदैन्थ्यो, खरले छाउँदाछाउँदा हैरान, अहिले टिनले छाएको पक्की घर बनेको छ, धेरै खुशी लागेको छ”, कावासोती–१३ का राजन मुसहरले भन्नुभयो, सरकारले घर निर्माण गरिदिएपछि धेरै सुविधा भएको छ । सामान्यरूपमा मजदूरी गरेर जीवनयापन गर्दै आउनुभएका राजन मुसहरलाई आफू टिनको घरमा बस्न पाउँछु भन्ने लागेको थिएन । कावासोती नगरपालिका र नेपाल सरकारको लागतमा घर निर्माण भएपछि उहाँलाई आफ्नो पक्की घरमा बस्ने सपना पूरा भएको सुनाउनुभयो ।

“सामान्य ज्याला मजदुरीको पैसाले घर खर्च चलाउँदै ठिक्क हुन्थ्यो, घर बनाउन कहाँ सकिन्थ्यो र”, राजनले भन्नुभयो, “सरकारले घर बनाइदिँदा आज पक्की घरमा बस्ने सपना पूरा भएको छ ।” उहाँजस्तै लक्ष्मी मुसहरलाई पनि पक्की घर बनेकामा खुशी लागेको छ । टिनले छाएको पक्की दुईकोठे घर निर्माण भएपछि धेरै सहजता भएको उहाँले बताउनुभयो ।

खरको छानोलाई विस्थापित गर्दै विपन्न समुदायका २७ घरपरिवारलाई टिनले छाएको पक्की दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिकाभित्र रहेका चार वडामा कूल रु ७२ लाखको लागतमा २७ घर निर्माण गरिएको हो । नेपाल सरकारको रु ५० लाख, कावासोती नगरपालिकाको रु पाँच लाख, उपभोक्तामार्फत रु १७ लाख गरी कूल रु ७२ लाखको लागतमा घर निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।

कावासोती नगरपालिकाले विपन्नहरुका लागि आवास बनाउने योजनाअनुरुप अघिल्लो वर्ष वडा नं १५ मा घर निर्माण गरी हस्तान्तरण गरेको थियो । यस वर्ष पनि केन्द्रीय सरकारसँग समन्वय गरी वडा नं १५ र १७ मा रहेका विपन्न परिवारको घर निर्माण गर्ने योजना रहेको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

नगरपालिकाले नगरभित्र खरको छानोमुक्त नगर बनाउने उद्देश्यअनुसार नगरपालिकाले पनि योजनाहरु निर्माण गरिरहेको र केन्द्र, प्रदेश सरकारसँग समेत समन्वय गर्दै टिनले छाएका पक्की घर निर्माणकार्यलाई अगाडि बढाउँदै लगेको नगरप्रमुख पुनले बताउनुभयो । नगरपालिकाले गत आर्थिक वर्षबाटै नगरभित्र खरको छानो हटाउने नीति तथा कार्यक्रम तयार पारेर अगाडि बढेको छ ।