१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

समुदायक नजिकै सडक आउने भएपछि स्थानीयवासी खुशी

समुदायक नजिकै सडक आउने भएपछि स्थानीयवासी खुशी
अ अ+ अ-

कैलाली । कैलालीको भजनी नगरपालिका–१ को भजनी–सुखड सडकखण्ड निर्माण हुन थालेपछि स्थानीयवासी खुशी भएका छन् ।

कालोपत्र भएर पनि ठुल्ठूला खाल्डाखुल्डीका कारण वर्षेनी सास्ती खेप्दै आएका स्थानीयवासी सो सडकखण्डलाई नगरपालिकाले निर्माण गर्न थालेपछि खुशी भएका हुन् ।

आर्थिक वर्ष २०७५/७६ उक्त सडक निर्माणका लागि नगरपालिकाले रु एक करोड ९५ लाख बजेट विनियोजन गरेको थियो । बजेट गत आवमै विनियोजन भए पनि गत आवको असारमा सम्झौता भएका कारण सडक निर्माणको काम हाल आएर शुरु भएको भजनी नगरपालिकाका इञ्जिनीयर भक्तराज जोशीले बताउनुभयो । असार मसान्तमा सम्झौता भएका कारण सडक निर्माणको काम समयमै सम्पन्न हुने भने देखिँदैन । काम शुरु भइसकेको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले पुस महिनासम्म काम सक्नुपर्नेछ । इञ्जिनीयर जोशीले भन्नुभयो, “वर्षात्को समयमा काम हुन सकेन, त्यसकारण काम ढिलो हुने देखिएको छ ।”

भजनी बजारदेखि सुखड सडकखण्डको ९०० मिटर सडक निर्माणको काम केएन कन्स्ट्रक्सन धनगढीले गर्दै आएको छ । पुरानो सडकको चौडाइ तीन मिटर मात्र थियो भने हाल निर्माण हुनलागेको सडकको चौडाइ १० मिटर रहेको कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक खगेन्द्र मौनीले बताउनुभयो । उहाँले पुरानो सडकलाई उखेलेर नयाँ निर्माण गरिने बताउँदै सडक निर्माणको काम आफूहरूले ४६ दशमलव ५ प्रतिशत बिलोमा गरेको बताउनुभयो ।

निर्देशक मौनीले सडकमा खानेपानीको पाइपहरू भएका कारण काम गर्न समस्या भइरहेको भन्दै नगरपालिकाले जतिसक्दो छिटो खानेपानीको पाइपलाई व्यवस्थापन गर्न सक्यो त्यति नै छिटो काम सम्पन्न हुने बताउनुभयो । “हामीले ग्राभेल हाल्ने काम शुरु गरिसकेका छौँ । खानेपानीको पाइपका कारण कामले गति लिनसकेको छैन”, मौनीले भन्नुभयो, “नगरपालिकाले काम गर्ने सहज वातावरण बनाइदियो भने र स्थानीयवासीले सहयोग गरे काम गर्न सहज हुन्थ्यो ।”

स्थानीयवासी अर्जुन खत्रीले बजार क्षेत्रमा सडक साँघुरो र खाल्डाखुल्डी भएकै कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै गएकामा नगरपालिकाले बजार क्षेत्रमा मात्रै भए पनि सडक निर्माणले भजनी बासिन्दालाई सहज हुने बताउनुभयो । उहाँले भजनीदेखि सुखडसम्मको सडकको अवस्था नाजुक भए पनि सडक निर्माणमा कुनै निकायको ध्यान नजाँदा जोखिमको यात्रा गर्न स्थानीयवासी बाध्य भएको बताउनुभयो ।

भजनी–सुखड सडकखण्ड करीब २४ किलोमिटर रहेको छ भने भजनी नगरपालिकाको क्षेत्रमा करीब १४ किलोमिटर पर्दछ । नगरपालिकाले ९०० मिटर सडक निर्माण गरे पनि यसलाई क्रमागतरूपमै भए पनि सडकको स्तरोन्नति गर्दै लैजाने नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । उहाँले स्थानीय जनताको आशा र अपेक्षाअनुसार नै नगरपालिकाले काम गर्दै आएको बताउँदै निर्वाचनको समयमा जनतासँंग गरेका बाचाहरू पूरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पहिलो लक्ष्य भनेको सबै नगरवासीको घरसम्म सडक सञ्जाल जोड्नु हो, त्यो संँगसँगै कृषि, स्वास्थ्य र शिक्षामा समेत नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ ।” नगरप्रमुख चौधरीले भजनीवासी जनताका लागि नै आफूहरूले काम गरिरहेको बताउनुभएको छ ।