१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवा तालमा रमाउँदै बंगलादेशी पाहुना (फोटो फिचर)



अ+ अ-

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा आउनुभएको हो ।

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आउनु भएको हो । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उहाँको स्वागत गर्नुभयो । सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुग्नुभएको छ । त्यसपछि, उहाँ पोखराको फेवातालमा जलविहार गर्नुहुने कार्यक्रम रहेको छ ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल भ्रमणमा रहनुभएका भ्रमण दलका सदस्यहरु बिहीबार पोखराको फेवातालमा डुङ्गा शयर गर्दै ।