७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूप ज्योति समूह विरूद्धको जाहेरी फिर्ता लिन मल्लले दिए निवेदन



अ+ अ-

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका डा. रुप ज्योतिको मुद्दा जाहेरी कर्ताले नै मुद्दा फिर्ताका लगि प्रहरीमा निवेदन दिएका छन् । ब्यवसायी ज्योतिबिरुद्ध उजुरी दिने विगेन्द्रकृष्ण मल्लले मुद्दा फिर्ताका लगि प्रहरीमा निवेदन दिएका छन् ।

आफुलाई रुप ज्योति र उनकी छोरी सुरुचिले ठगी गरेको भन्दै दुई साताअघि मल्लले प्रहरीमा उजुरी दिएका थिए । मल्लको उजुरीलाई आधार मानेर प्रहरीले विदेशबाट फर्किदै गरेका रुप ज्योतिलाई विमानस्थलबाटै नियन्त्रणमा लिएका थिए । प्रहरी हिरासतमा रहेका रुप ज्योतिको दुई पटक अदालतबाट म्याद थप पनि भइसकेको छ ।

प्रहरीले रुप ज्योति र उनकी छोरीको ठगी अभियोग सरकारी वकिलको कार्यालयमा पाठाएपनि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउँछ या चलाउँदैन त्यो भने अहिले नै एकिन भइसकेको छैन । सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा लिने तयारी भने गरिरहेको छ ।

बाँसबारीस्थित जग्गा प्लटिङ किनबेचमा ठगी गरेको भन्दै उनीबिरुद्ध उजुरी परेको थियो