७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौं । संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ। कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको हो ।

बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, घनश्याम भुसाल, रामकुमार झाँक्री लगायतका उपस्थित भएपनि गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो।

समितिको यसअघि कात्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो।

बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो।