१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

तरकारीको मूल्य तीन गुणा बढ्यो, सर्वसाधारण उपभोक्ता मर्कामा

तरकारीको मूल्य तीन गुणा बढ्यो, सर्वसाधारण उपभोक्ता मर्कामा
अ अ+ अ-

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो। तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा सर्वसाधारणमा देखिन थालेको छ। जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ ।कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रूपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष हरियो तरकारीको मूल्य झन्डै तीन गुणासम्म बढेको देखिएको हो । कुनैकुनै तरकारीमा गत वर्षको मूल्यभन्दा प्रतिकिलो २ सय ५० रुपैयाँसम्म बढेको छ । समितिले सार्वजनिक गरेको अघिल्लो वर्षको यसै अवधिको मूल्य सूचीअनुसार यस वर्ष काउली, घिउसिमी, बोडी, तीतेकरेला, ब्रोकाउली, परवल, बन्दा, गोलभेंडा, पालुगोको साग, चमसुर, मेथीको साग, हरियो धनिया, अदुवा, प्याज, गाँजर, चुकुन्दरलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य दुईदेखि तीन गुणासम्म वृद्धि भएको छ ।

समितिको तथ्यांकले गत वर्षको २८ कात्तिकको मूल्य सूचीअनुसार यस वर्षको सोही अवधिमा हरियो तरकारीको मूल्य बढेको देखाएको हो । समितिका प्रवक्ता विनय श्रेष्ठले भने बजारमा तरकारीको आपूर्ति कम हुँदा मूल्यवृद्धि भएको बताए । उनका अनुसार तरकारी बाली लगाउने समयमा धेरै वर्षा भएको र तरकारी लगाउनसमेत ढिलाइ भएका कारण मूल्य बढेको हो ।
प्रवक्ता श्रेष्ठले विभिन्न जिल्लाबाट कालिमाटीमा फलफूल तथा तरकारी बजारमा दैनिक ९ देखि १० टन भित्रिँदै आएकोमा हाल ७ टनमा सीमित भएको समेत जानकारी दिए ।

यता उपभोक्ताकर्मीहरू भने नियामक निकायले अनुगमन नगरेका कारण मूल्यवृद्धि भएको बताउँदै आएका छन् । उनीहरूका अनुसार नियामक निकायबाट नियमित अनुगमन नहुँदा बजारमा बिचौलिया हावी भएका कारणसमेत दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको हो ।उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा सरकारी निकायको अनुगमन नहुँदा बिचौलियाको मनोबल बढेको र सोही कारण जथाभावी मूल्य बढाइएको बताए।

‘बजारमा सरकारी निकायको अनुगमन नहुँदा बिचौलियाको मनोबल बढेको छ, त्यही कारण दैनिक उपभोग्य वस्तुको मूल्य जथाभावी बढाइएको छ,’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष तिमल्सिनाले भने । उपभोक्ता अधिकारका पक्षमा काम गर्नेहरूले सरकारी निकायतर्फबाट बजार अनुगमन गर्ने नियमक निकाय उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको बजारमा उपस्थित एकदम कम रहेको गुनासोसमेत गर्ने गरेका छन् ।

उनीहरूले बेलाबखत हुने अनुगमनसमेत प्रभावकारी नरहेको गुनासो गर्ने गरेका छन् । नियमन निकायको कमजोरीको फाइदा लिँदै व्यापारीले मनपरी गरिरहेको उपभोक्ताकर्मी विमला खनाल बताउँछन् । खनालका अनुसार मुख्य सिजनमै हरियो तरकारीको मूल्य अकासिनु भनेको बजारमा बिचौलियाको हावी बढ्नु नै रहेको तर्क छ ।

वस्तुको नाम गत वर्षको मूल्य

  • २०७६/७/२८ यसवर्षको मूल्य २०७५/७/२८ प्रतिकिलिो रुपैयाँ फरक
  • गोलभेंडा १०० ५० ५०
  • प्याज १७० ६० ११०
  • बन्दा १४० ४० १००
  • घिउसिमी १३० ६० ७०
  • बोडी १३० ८० ६०
  • तितोकेरला १३० ८० ६०
  • परवल ११० ६० ५०
  • हरियो सर्फी ९० ५० ४०
  • पालुगो साग १२० ७० ५०
  • ब्रोकाउली १३० ९० ४०
  • चुकुन्द्र ११० ९० २०
  • अदुवा २३० १५० ८०
  • लसुन १७० १२० ५०
  • खुर्सानी ९० ८० १०
  • हरियो धनियाँ २३० ११० १२०

उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखा अधिकृत दीपकराज पोखरेलले विभागसँग जनशक्ति कम भएकाले सबै क्षेत्रमा अनुगमन गर्न नसकेको बताए । पोखरेलले विभागले तरकारी बजारमा पटकपटक अनुगमन गरिरहेको दाबी गरे । उनले आर्थिक वर्षको पहिलो साता नै तरकारीको मूल्य एक्कासि वृद्धि गरेर पछि कालिमाटी र बल्खुका तरकारी बजारमा व्यापारीलाई कारबाहीसमेत गरेको बताए । विभागसँग पर्याप्त जनशक्ति नहुँदा अनुगमन प्रभावकारी नदेखिएको पोखरेलको भनाइ छ ।

समितिको तथ्यांकअनुसार गत वर्ष २८ कात्तिकमा प्रतिकिलो ४० रुपैयाँ पर्ने काउलीको मूल्य यस वर्ष प्रतिकिलो सय रुपैयाँ बढेर १ सय ४० रुपैयाँ पुगेको छ । यसैगरी, गत वर्षको तुलनामा प्याजमा प्रतिकिलो १ सय १० रुपैयाँ बढेको छ । गत वर्ष प्याजमा प्रतिकिलो ६० रुपैयाँ थियो भने अहिले बढेर १ सय ७० रुपैयाँ पुगेको छ ।

समितिको तथ्यांकअनुसार २८ कात्तिकमा कालिकाटी तरकारी बजारमा प्रतिकिलो घिउसिमी मूल्य १ सय ३० रुपैयाँ थियो भने सोही अवधिमा गत वर्ष ६० रुपैयाँ रहेको थियो । गत वर्षको तुलना घिउसिमी प्रतिकिलो ७० रुपैयाँ बढेको छ । यसैगरी, बोडी प्रतिकिलो १ सय ३० रुपैयाँ रहेको छ भने गत वर्ष ८० रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा ६० रुपैयाँ वृद्धि भएको छ । राजधानी दैनिकबाट