१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

‘वातावरण प्रदुषणको निहूँमा इँटाभट्टा वन्द गरी भारतबाट इँटा आयात गर्ने ?’

‘वातावरण प्रदुषणको निहूँमा इँटाभट्टा वन्द गरी भारतबाट इँटा आयात गर्ने ?’
अ अ+ अ-
बलराम प्यासी

कुनैबेला चोभारमा रहेको हिमाल सिमेन्ट लिमिटेडले त्यतिखेर काठमाडौ उपत्यकामा मात्रै नभई काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र नुवाकोटसम्म सर्वसुलभरुपमा गुणस्तरीय सिमेन्टको माग पुरा गथ्र्याे । सयौं स्थानीय वासिन्दाले त्यहाँ रोजगार पाएका थिए । तर एकाएक विदेशी सिमेन्ट उत्पादकका एजेन्ट (दलाल) को लहैलहैमा आर्थिक प्रलोभनमा परी वातावरण प्रदुषणको नाउँमा चोभारका वासिन्दा उचालिएर र नारा जुलुस गरे ।

फलस्वरुप केही समयपछि मासिक हजारौं बोरा सिमेन्ट उत्पादन गर्दै आएको हिमाल सिमेन्ट पुर्णरुपमा बन्द भयो । तर सो उद्योगमा प्रत्यक्ष रोजगारी पाएका सयौं कर्मचारी र श्रमिक वेरोजगार भए, अप्रत्यक्षरुपमा जोडिएकाहरुको पनि रोजगारी खोसियो । अनि राजधानी लगायत सो कारखानाले आपुर्ति गरिराखेको सिमेन्टको बजार भारतीय सिमेन्टले लियो । करोडौं मुल्यका उपकरण र औजारहरुमा खिया लागेर हिमाल सिमेन्ट लिमिटेड अहिले खण्डहर बन्न पुग्यो ।

आफ्नो योजना सफल भएकोमा दलालहरु दंग परे । केही दलालहरुले काठमाडौंमा नयाँ घरबार जाड्न सफल भए । आन्दोलन गरेर सिमेन्ट कारखाना बन्द भएपछि वेरोजगार बनेका केहीले त त्यतिखेर आत्महत्या समेत गरे । अहिले राजधानीमा फेरि यस्तै घटना दोहोरिने क्रममा छ । विकास निर्माणको लागि नभई नहुने पहिलो नम्बरको भौतिक वस्तु इँटाको उत्पादनमा धेरैको नकारात्मक रुपमा आँखा गढेको छ ।

विगतमा राजधानीमा घर कम, खुल्ला क्षेत्र अर्थात खेतीपाती धेरै थियो । शहरका कुना–कुनाका खेतमा सयौं इँटाभट्टाहरु सञ्चालित थियो । धान काटेर वाली भित्र्याएपछि गहुँ नछर्दै हरेक हिउँदमा इँटाभट्टा सञ्चालकहरुले ती जग्गा भाडामा लिएर त्यसको माटोले इँटा बनाएर भट्टामा लगेर पोल्थे । न त्यतिखेर वातावरण प्रदुषणको कुरा उठ्थ्यो न इँटा नै महंगो थियो । किनकी उपत्यकाका आदिवासी वासिन्दालाई यसको चासो नै थिएन ।

तर राजधानीमा अहिले अनियन्त्रित रुपमा र विना योजना वस्ती विस्तारको क्रम बढीरहेको छ । हरेक वर्ष हजारौं संख्यामा घरलगायत ठुलाठुला भौतिक संरचना बन्ने क्रम बढीरहेको छ । सार्वजनिक जग्गादेखि खोला किनार, चिहान र मसानघाट समेत मिचेर घर बन्ने क्रम बढीरहेको छ । ठाउँ ठाउँमा सस्तो जग्गा किनेर घर टहरा बनाउने अनि परम्परादेखि चल्दै आएका उद्योग, कलकारखाना लगायतलाई हटाउन वातावरण प्रदुषणको आरोप लगाउने एकथरी गुटको पेशा नै बनेको छ अहिले ।

उपत्यकामा सञ्चालनमा रही उपत्यकाको इँटाको बढ्दो मागलाई पूर्णरुपमा आपूर्ति गर्दै आएका इँटाभट्टाहरुलाई पछिल्लो समय वातावरण प्रदुषणको नाउँमा विस्थापित गर्ने चलखेल भईरहेको इँटाभट्टा सञ्चालकहरुले गुनासो गर्दै आएका छन् । तर उनीहरुको आवास सुन्ने कोही छैन यहाँ । इँटाभट्टा सञ्चालनमा रहेका क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रशासकहरु जग्गा दलाल र भूमाफियाहरुसंग मिलोमतो गरि वातावरण जोगाउने निहुँमा इँटाभट्टा सञ्चालकहरुसंग वार्गेनिङ्ग गरिरहेको सुन्नमा आएको छ ।

एकातिर केही जनप्रतिनिधि र प्रशासकहरु एकथरी जमातलाई उचालेर वातावरण जोगाउन नाराजुलुस गर्न लगाउने र अर्कोतर्फ यसै विषयलाई लिएर इँटाभट्टा सञ्चालकहरुसंग वार्गेनिङ्ग गर्ने दोहोरो भूमिकामा देखिएको आरोप लाग्दै आएको छ । वार्गेनिङ्ग मिलेमा इँटाभट्टा सञ्चालनमा कुनै वाधा अवरोध नगर्ने, नमिलेमा भने उद्योगको नविकरण नगर्ने, स्थानीय करमा वृद्धि गर्ने र विभिन्न प्रशासनिक झमेला थोपरिदिने गरेको इँटाभट्टा सञ्चालकहरुको गुनासो रहेको छ ।

एउटै मुलुकको सरकारको एउटा निकायले सबै प्रकृया पुर्याई सञ्चालन गर्न स्विकृति दिएको उद्योग त्यही सरकारको अर्काे निकायले विभिन्न अवरोध खडा गर्दै विना कारण वन्द गर्न दवाव दिएर दुःख दिन्छ भने करोडौं लगानी गरेर उद्योग सञ्चालन गर्नेको पीडा अरु के हुनसक्छ ?गोडामा क्यान्सर लाग्यो भन्दैमा पहिला त्यसको उपचार गर्ने कि उपचारनै नगरी शुरुमै गोडा काटेर फ्याँक्ने ? त्यस्तै वातावरण प्रदुषण गर्यो भन्दैमा पचासौं वर्षदेखि सञ्चालित इँटाभट्टाहरुलाई कम प्रदुषण गर्ने उपाय सिकाउने कि उद्योग नै बन्द गरिदिने ? बुद्धि विवेक भएका कोही छैन यहाँ ?

कुनै समय इँटा पारेपछि बढी धुवाँ आउने खालको ‘ठाडो अवाल’ पद्धतिबाट पोलिँदै आएको इँटा फलामे पाताको चिम्नी भट्टा, त्यसपछि फिक्स चिम्नी भट्टा, अनि जिक ज्याक फोर्स चिम्नी भट्टा हुँदै अहिले निकै कम वातावरण प्रदुषण गर्ने खालको वातावरणमैत्री टनेल प्रविधिको भट्टाबाट इँटा पोलिँदै आएको इँटा उद्योग सञ्चालकहरु बताउँछन । विगतको तुलनामा हाल उपत्यकामा सञ्चालित अधिकाँश इँटाभट्टाहरु क्रमशः निकै सुधारिईसकेका छन् भने कतिपय सुध्रिने क्रममा छन ।

‘पहिला सय प्रतिशत प्रदुषण गर्ने इँटाभट्टाबाट अहिले २० प्रतिशत पनि प्रदुषण र धुलोका कण आउँदैन ’—ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योग सतुंगलका सञ्चालक तीर्थलाल महर्जन भन्छन । तथापि इँटाभट्टाले वातावरण विगार्यो भनेर एउटा समुदाय र प्रायोजित समूह भने सँधै इँटाभट्टाको विरोध गरिरहेका छन । मानौं विरोध गर्नुमात्रै उनीहरुको दायीत्व हो ।

यसरी वातावरण प्रदुषणको निहुँमा हिमाल सिमेन्ट कारखाना बन्द गरिएजस्तै काठमाडौं उपत्यकामा सञ्चालित सबै इँटाभट्टा बन्द गरी त्यसमा आश्रीत हजारौंलाई वेरोजगार बनाउँदै भारतबाट महंगो मुल्यमा इँटा आपुर्ति गर्नु उचित कि हाल सञ्चालित इँटाभट्टालाई न्यून प्रदुषण गर्ने वातावरणमैत्री बनाएर या सुधार गरेर इँटा उद्योगलाई सञ्चालन गर्न दिनु उचित ? देशमा रोजगार नपाएर दिनँहू सयौं युवालाई विदेशिन वाध्य पार्नु उचित कि स्वदेशमै काम गर्न प्ररित गर्नु उचित ? करोडौं रुपैयाँ विदेश पठाउनु उचित कि देशभित्रै राख्नु उचित ? यसबारे सोच्ने शक्ति भएका कोही छैनन मुलुकमा ?