२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भारत ‘बी’ सँग नेपाल भिड्दै, पहिलो जितको खोजीमा



अ+ अ-

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज (शुक्रबार) भारत ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अघिल्ला दुई खेलमा लगातार हार व्यहोरिसकेको छ । तेस्रो खेलमा अब नेपालले भारत ‘बी’ सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल नेपाली समय अनुसार ९ः१५ मा सुरु हुनेछ ।

भारत ‘बी’ विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल तेस्रो खेलमा अंक जोड्न चाहन्छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको भारत ुबीु माथि जित निकाल्न कठिन चुनौती भने नेपाललाई अवश्य रहेको छ ।

यस अघि पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।