१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फराकिलो जितसंगै ईङ्ल्याण्ड युरोकपमा छनोट



अ+ अ-

ईङ्ल्याण्ड युरोकपमा छनोट भएको छ । बिहिबार राति भएको खेलमा ईङ्ल्याण्डले मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गर्दै अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो । ईङ्ल्याण्डले आफ्नो एक हजारौ खेलमा महत्वपुर्ण जित्न आत्मसाथ गर्यो । समूह ‘ए’ को खेलमा घरेलु मैदान वेम्वलीमा मोन्टेङ्ग्रोमाथि ईङल्याण्डले प्रभावशाली जित रच्यो ।

कप्तानी ह्यारी केनले टोलीका लागि पहिलो ह्याट्रिक गरेको खेलमा ओक्सलेड चाम्बरलिन, मार्कुस रासफोर्ड र अब्राहमले एक एक गोल गरेका थिए । एक आत्मघाती गोल ईङल्याण्डले उपहार पाएको थियो । ह्यारीले छनोटको खेलमा ह्याट्रिक पुरा गरेर ईङल्याण्डको सर्वाधिक ५ गोलकर्ताभित्र अटाएका छन् । चाम्बरलिनको गोलबाट ११ औ मिनेटमा ईङ्ल्याण्डले खेलमा अग्रता बनाएको थियो ।

१८ औ मिनेटमा केनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । उनले २४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । खेलको ३० औ मिनेटमा रासफोर्डले टोलीका लागि चौथो गोल गरे । ३७ औ मिनेटमा केनले ह्याट्रिक पुरा गरेका थिए । ६६ औ मिनेटमा सोफ्रनाकले आत्मघाति गोल गरेपछि ईङ्ल्याण्ड खेलमा ६–० ले अघि बढेको थियो ।

८४ औ मिनेटमा अब्राहमले गोल गर्दै ईङल्याण्डलाई ७–० को जित दिलाउन सफल रहे । राष्ट्रिक टिमका लागि अब्राहमको पहिलो गोल समेत हो । समूह एको खेलमा ईङ्ल्याण्डले ७ खेलबाट १८ अंक जोड्यो । मोन्टेङ्ग्रो ३ अंक सहित चौथो स्थानमा रह्यो ।