१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

अझै शुरु भएन गुम्बा पुनःनिर्माणको काम

अझै शुरु भएन गुम्बा पुनःनिर्माणको काम
अ अ+ अ-

बनेपा । खानीखोला गाउँपालिका–६ का आसमान थोकरले गुम्बाको पुनःनिर्माणको काम कहिले शुरु हुन्छ भनेर पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्ष भयो । शुभशक्ति मङ्गल गुम्बाका व्यवस्थापन समिति सदस्य थोकरले भूकम्प गएको चार वर्ष बितिसक्दा पनि रकम नपरेको भन्दै पटक–पटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको बताउनुभयो ।

“बल्ल गुम्बा पुनःनिर्माणका लागि रकम प्राप्त भएको छ भन्ने कुरा आएको छ, हेरौँ कहिलेसम्ममा प्राप्त हुन्छ ?”, थोकरले भन्नुभयो । त्यसरी कहिले निर्माणको अख्तियारी र रकम प्राप्त हुन्छ भनेर ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा चार/पाँच पटक धाएपछि बल्ल काम हुने भन्ने कुरा भएको उहाँले सुनाउनुभयो ।

विसं २०७२ मा गएको भूकम्पले सो गुम्बाको भवन पूरै चर्केको छ । “बुद्धको मूर्तिमा भने कुनै क्षति भएको छैन”, थोकरले भन्नुभयो, “भवन मात्रै पुनःनिर्माण गर्न पाए पनि सार्दाखेरी केही टुटफुट भएमा त्यसको मर्मत गर्नुपर्छ, होइन भने सबै व्यवस्थित नै छ ।” रोशी गाउँपालिका वडा नं १० वाल्टिङका कर्म धुक थर्पेलिङ गुम्बाका प्रमुख लामा कर्मसिं लामाले गुम्बा बनाउनका लागि प्रक्रिया भइरहेको बताउनुभयो । पटक–पटकको प्रयत्नपछि आवश्यक प्रक्रिया तयार गरिसकेको उहाँले बताउनुभयो ।

ती गुम्बामा मात्रै होइन, काभ्रेपलाञ्चोकमा भूकम्पले क्षति पुगेका गुम्बा पुनःनिर्माणको काम अझै शुरु भएको छैन । दातृ निकायबाट प्रदान गर्ने भनिएको सहयोग बेलैमा प्राप्त नहुँदा गुम्बा पुनःनिर्माणको काम प्रभावित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख सागर आचार्यले माथिबाट अख्तियारी आइसकेकाले अब छिट्टै निर्माण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

जिल्लामा गुम्बा पुनःनिर्माणका लागि पाँच समूहमा वर्गीकरण गरी ११२ गुम्बा लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । तीमध्ये एक गे्रडमा २०, दुई ग्रेडमा १३, तीन ग्रेडमा १५, चार ग्रेडमा १६ र पाँच ग्रेडमा ४८ गुम्बा परेका छन् । आयोजना कार्यालयका प्रमुख सागर आचार्यले ग्रेड एकदेखि तीनसम्मका गुम्बा मर्मतमा मात्रै पर्ने र ग्रेड चार तथा पाँचका मात्रै पुनःनिर्माणमा पर्ने बताउनुभयो ।

उहाँका अनुसार त्यसरी आएका गुम्बाले एक ग्रेडको रु तीन लाख, दुई ग्रेडका लागि एक तलाको भए रु पाँच लाख र दुई तलाको भए रु १० लाख तथा तीन गे्रेडकालाई एक तलाका लागि रु १० लाख र दुई तलाभन्दा बढी भएमा रु २५ लाखसम्मको अनुदान पाउने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । चार र पाँच ग्रेडका गुम्बाका हकमा भने कस्तो प्रकृतिको बनाउने र कतिको बनाउने भन्ने निश्चित गरेर जति पनि लागतको बनाउन सकिने तर त्यसका लागि सम्बन्धित गुम्बा र प्राधिकरणले ५०/५० प्रतिशत लागत व्यहोर्ने गरी पुनःनिर्माण गर्न सकिने उहाँले बताउनुभयो ।