१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

घरदैलोमा मत माग्न व्यस्त उम्मेदवार

घरदैलोमा मत माग्न व्यस्त उम्मेदवार
अ अ+ अ-

बागलुङ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बागलुङमा सरगर्मी बढ्दै गइरहेको छ । क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ का सांसद टेकबहादुर घर्तीको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा अघि सार्दै जनताको घरदैलोमा मत माग्न व्यस्त देखिन्छन् ।

विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार समिति र उपसमिति गठन गरी गाउँगाउँमा चुनावी अभियान शुरु गरेका छन् । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका समेटिएको प्रदेशसभामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उपनिर्वाचनमा क्षेत्र नं २ को ‘ख’ का लागि आठ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारले ढोरपाटनमा विमानस्थल सञ्चालन गर्न पहल गर्नेदेखि रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापना गर्नेसम्मका एजेण्डा लिएर गाउँ छिरेका छन् । संयुक्त वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसका तर्फबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगर र स्वतन्त्ररुपमा सन्तोष भण्डारी र शेरमान घर्ती उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । उपनिर्वाचनमा मुख्य प्रतिस्प्रर्धा नेकपा र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार खिमविक्रम शाही र नेपाली काङ्ग्रेसका उम्मेदवार जीत शेरचनबीच नै हुने विश्लेषकहरूको भनाइ छ ।

पश्चिम बागलुङको समृद्धिका लागि जनताले आफूलाई मतदान गर्नेमा विश्वस्त रहेको वाम गठबन्धनका साझा उम्मेदवार खिमविक्रम शाहीले बताउनुभयो । “मेरो पक्षमा जनलहर छ”, उहाँले भन्नुभयो, “गत चुनावमा हाम्रै पार्टीले जितेको स्थान हो, अहिले पनि जीत हुनेमा ढुक्क छु ।” यस्तै नेपाली काङ्गे्रसका उम्मेदवार जीत शेरचन गत चुनावमा स्वर्गीय सांसद टेकबहादुर घर्तीसँग पराजित हुनुभएको थियो ।

पछाडि परेको पश्चिम क्षेत्रको विकासका लागि आफू पुनःउम्मेदवार भएर निर्वाचनमा आएको उहाँले बताउनुभयो । “जनताले अघिल्लो चुनावमा पनि अमूल्य मतदान गरेका थिए, चुनावी प्रक्रियामा पराजीत हुन पुगेँ”, नेता शेरचनले भन्नुभयो, “यसपटक जनताले मेरै पक्षमा भोट दिनेमा आशावादीे छु ।” चुनावी अभियानका क्रममा जनताबाट सकारात्मक प्रतिक्रिया आएको शेरचनको भनाइ थियो । गठबन्धनका विरुद्धमा बागी उम्मेदवार बन्नुभएका शेरमान घर्तीले वाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाहीलाई समर्थन गरी चुनावी अभियानमा लाग्नुभएको छ ।

विसं २०७४ को प्रदेशसभा निर्वाचमा नेपाली काङ्ग्रेस पार्टीबाट उम्मेदवारी दिनुभएका शेरचन स्व टेकबहादुर घर्तीसँग तीन हजार २०० मतान्तरले पराजित हुनुभएको थियो । दलबाट तथा स्वतन्त्ररुपमा उठेका उम्मेदवारले बागलुङको पिछाडिएको क्षेत्रलाई विकास गरी समृद्ध पश्चिम निर्माण गर्न आफूलाई मतदान गर्नुपर्ने जिकिर गर्दै भोट माग्न गाउँ पसेका छन् । खासगरी जिल्लाकै विकट स्थानका रुपमा चिनिँदै आएको यस क्षेत्रमा शिक्षा, विद्युत्, यातायात, पर्यटन, कृषिको बजारीकरणलगायत क्षेत्रमा काम गर्ने सबै दलको चुनावी एजेण्डा बन्दै आएको छ । उपनिर्वाचनमा उक्त क्षेत्रमा ३६ हजार ९२६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।